भतिजीलाई वलत्कार गर्ने पक्राउ

आदर्श समाज सम्वाददाता
भाद्र ३, २०७६
rape-balatkar

नवलपरासी, ३ भदौ । ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले नवलपरासीबाट ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ ।

वृद्धले ती बालिकालाई १ महिनादेखि बलात्कार गरेको आरोपमा नवलपरासीको सुनवलबाट प्रहरीले ती वृद्धलाई पक्राउ गरेको हो । बाबुआमा सम्पर्क विहिन भएपछि सुनवलमा ठूलो बुवाको घर बस्दै आएकी ११ वर्षीया बालिकालाई उनकै ठूलो बुवाले बलात्कार गर्ने गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

ठुलो बुवाले आफ्नो भाइको छोरीलाई पैसाको प्रलोभन आदि देखाई जबरजस्ती करणी गर्ने गरेको नवलपरासी प्रहरीको भनाई छ । घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width