‘बादशाह जुट’ को पोस्टर सार्वजनिक

आदर्श समाज सम्वाददाता
भाद्र ३, २०७६
Bad Shah Jut

पोखरा । नेपाली चलचित्र ‘बादशाह जुट’को पोस्टर सार्वजनिक भएको छ ।

‘बादशाह जुट’ चलचित्रले आगामी कात्तिक १ गतेलाई प्रदर्शन मिति पाएको छ । चलचित्र निर्माण टिमले नयाँ पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा सुशिल श्रेष्ठ र रोविन तामाङलाई स्थान दिइएको छ ।

जोनी सिंह राणाको निर्देशन रहेको चलचित्रको पोष्टर सार्वजनिकसँगै प्रदर्शन मिति पनि घोषणा गरिएको छ । चलचित्रमा प्रियंका कार्कीले अतिथि कलाकारको भूमिका निभाएकी छन् ।

अभिषेक शशिकुमारले चलचित्रको लेखन गरेका हुन् । सुशिल र रोविनसँगै रोषी खड्का, केइषा रावत, आमिर गौतम, दीपक क्षेत्री, कमलमणि नेपाल प्रियंका कार्की र रश्मि तामाङको चलचित्रमा अभिनय रहेको छ ।

चलचित्र निर्माताका रुपमा हर्कबहादुर कुँवर र भोजराज श्रेष्ठ छन् । ‘एच एण्ड बी’ फिल्मको प्रस्तुतिमा गोल्डेन ग्राफिक्स फिल्मस् एण्ड इन्टरटेनमेन्टको सहकार्यमा चलचित्र निर्माण गरिएको हो ।

चलचित्रमा विक्रम स्वाँरको कोरियोग्राफी गरेका छन् । कृष्ण भारद्वाज र कोशिष क्षेत्रीको चलचित्रमा संयुक्त संगीत रहेको छ । राजकुमार उप्रेतीको एक्सन रहेको चलचित्रमा राजु कार्कीले छायांकन गरेका हुन् । दिर्घ खड्काले चलचित्रको सम्पादन गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width