बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

आदर्श समाज सम्वाददाता
भाद्र ३, २०७६
bicycle-accident-hit

नवलपरासी, ३ भदौ । नवलपरासीको चोरमारामा मंगलवार विहान बसको ठक्करबाट एक जना साइकल यात्रीको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटका अनुसार काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको ना ५ ख ४८६ नम्बरको बसको ठक्करबाट साइकल यात्री भारतको मोतिहारी बलुवा घरभई हाल मध्यविन्दु नगरपालिका ७ चोरमारा बजारमा प्लाष्टिकको पसल गरी बसेका ३६ वर्षीय मोहम्मद साहबीर आलमको मृत्यु भएको हो ।

उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा निधन भएको हो ।त्यसैगरी सोही बसको ठक्करबाट ना ४५ प २१०७ नम्बरको मोटरसाइकल चालक मध्यविन्दु नगरपालिका ७ निवासी ४८ वर्षीय भानुभक्त पंगेनी घाइते भएका छन् । उनको बायाँ खुट्टामा चोट लागेको नवलपुर प्रहरीले जनाएको छ । उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width