टोलवासीको मन जित्न आग्रह

आदर्श समाज सम्वाददाता
भाद्र २, २०७६

पोखरा,२ भदौ । पोखरा–१२ कुँडहरचोक टोल बिकास संस्थाको सातौ साधारण सभा सम्पन्न भएको छ । वडा अध्यक्ष रामबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सातौ साधारण सभा सम्पन्न भएको हो ।

वडा अध्यक्ष राम कार्कीले टोल विकास संस्थाका अध्यक्ष एवं कार्यसमितिले आफ्नो क्षेत्रमा बिभिन्न कार्यक्रम गरी टोलवासीको मन जित्न आग्रह गरेका छन् । संस्थाका सचिब कृष्णबहादुर केसीले सचिव प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कोषाध्यक्ष समुन्द्र भुजेलले आर्थिक प्रतिवेदेन, सचिबको प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन कार्यसमिति सदस्यबाट सर्वसम्मत अनुमोदन गरिएको थियो । कुँडहर सेवा समाजका अध्यक्ष सान्ता थापा, कँुडहर बचत तथा ऋण सहकारी संस्था प्रबन्धक वृहस्पति अधिकारी, एकता कल्बका अध्यक्ष एकबहादुर केसी वडा सदस्य निर्मलबहादुर थापा, सल्लाहकार शिव बराल, स्टेशन म्यानेजर दिलीप राई र नारायण बरालले टोल विकास संस्थाको बारेमा प्रकाश पारेका थिए ।

संस्थाका अध्यक्ष दुर्गा दत्त भुर्तेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष दया बराल र कार्यक्रम संचालन सचिव कृष्णबहादुर केसीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    • विजुलीका खम्बा चोरी गर्ने पक्राउ

      रासस श्रावण १८, २०७८
      वाग्मती । मकवानपुको वाग्मती गाउँपालिकाबाट चोरी भएको विद्युतीय खम्बासहित सात व्यक्तिलाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ ।…
    • उद्घोषण तथा क्षमता विकास तालिम

      आदर्श समाज सम्वाददाता श्रावण १७, २०७८
      पोखरा । शुक्लागण्डकी नगरपालिका ३, पौवा प्रगतिटोलमा उद्घोषण तथा क्षमता विकाश तालिम सुरु भएको छ । टोलवासीको क्षमता तथा नेतृत्व विकासका…
    • फूलबारी क्लबमा हरिश्चन्द्र बास्तोला

      आदर्श समाज सम्वाददाता श्रावण १६, २०७८
      पोखरा । फूलबारी क्लबको ३० औं वाषिक साधारणसभा एवं अधिवेशनले नयाँ कार्यसमित चयन गरेको छ । पोखरा–११ फूलबारीस्थित क्लबको शनिबार…
    • ‘उपभोक्तालाई स्वच्छ पानी वितरण गर्छु’

      आदर्श समाज सम्वाददाता श्रावण १५, २०७८
      पोखरा । नेपाल खानेपानी संस्थानका महाप्रबन्धक डा. भूपेन्द्र प्रसादले संस्थान बलियो बनाउन आफू क्रियाशील भएको बताउँदै उपभोक्तालाई स्वच्छ पिउनेपानी वितरण गरेरै…
    • मदन पुरस्कारका लागि ‘श्रेष्ठ सूची’ सार्वजनिक

      आदर्श समाज सम्वाददाता श्रावण १५, २०७८
      पोखरा । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०७७’ का लागि ९ वटा पुस्तक छनोट गरेको छ । पुरस्कारका लागि आवेदन दिएका…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads