आरक्षण बचाउन आन्दोलन

आदर्श समाज सम्वाददाता
भाद्र २, २०७६
3. News Palpa

पाल्पा २ भदौ । संवैधानिक व्यवस्था अनुसारको विशेष सुविधा राज्यबाट कटौती गरिएको भन्दै पाल्पामा आरक्षण बचाउ आन्दोलन घोषणा भएको छ ।

स्थानीय तहका लागि गत जेठ १५ गते सरकारको सिफारिसमा ९ हजार १ सय ६१ कर्मचारी माग गर्दै लोक सेवा आयोगद्वारा प्रकाशित विज्ञापन खारेजीको माग सहित पाल्पामा विभिन्न जातीय संघ संस्थाले संयुक्त रूपमा आन्दोलन घोषणा गरेका हुन् ।

तानसनेमा पत्रकार भेटघाट कार्यक्रम गरी नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समन्वय परिषद, दलित अधिकारका लागि साझा अभियान पाल्पा, अन्तरपाटी महिला सञ्जाल लगायतका जातीय संस्थाले संयुक्त आन्दोलनको घोषणा गरेका छन् । आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद्का अध्यक्ष केहरसिंह रानाले लोकसेवा आयोगमा विज्ञापन समावेशी नहुँदा पछाडि परेका वर्गको अधिकार कुण्ठित हुने भन्दै अधिकार सुरक्षित गर्नका लागि चरणवद्ध रूपमा शान्तिपूर्ण आन्दोलन थालिएको जानकारी दिए ।

‘नेपालको जारी संविधानको धारा ४२ को व्यवस्थालाई विरोध गरेर लोकसेवा आयोगले विज्ञापन आव्हान गरेको छ उनले भने विभेदकारी विज्ञापन नसच्याए अझै कडा आन्दोलन गर्छौ’ रानाले बताए ।

दलित अधिकारका लागि साझा अभियानका जिल्ला अध्यक्ष विष्णुबहादुर बोमरेलले संविधानले दिएको अधिकारबाट बञ्चित गरिएकोले अधिकार स्थापित गराउनका लागि सरोकारवालाहरूलाई आन्दोलनमा सहभागी हुन अपिल गरे । उनले सामाजिक न्यायको निम्ति आरक्षणको व्यवस्था हुनुपर्नेमा जोड दिए ।

शान्तिपूर्ण रूपमा आरक्षण बचाउ आन्दोलन थालिलको र आरक्षण पक्षधर नै आरक्षण जरुरी नरहेको भन्ने पत्रकारको जिज्ञासामा आयोजकले सदिऔंदेखि राज्यपक्षबाट पछाडि पारिएका समुदायलाई समतामूलक समाज निर्माण गराउन नसक्दासम्म आरक्षण आवश्यक हुने बताए । सामाजिक न्याय, समता, मानव अधिकारको क्षेत्रमा विभेद अन्त्य भएपछि आरक्षण जरुरी नहुने आयोजकको भनाई थियो ।

पहिलो चरणमा घोषित सम्बन्धित सरोकारवाला निकायमा ज्ञापन पत्र बुझाउने, राजनीतिक दर र जनप्रतिधिसँग अन्तरक्रिया गर्ने, धर्ना र शान्तिपूर्ण जुलुस निकाल्ने, विशाल विरोध सभा आयोजना र गर्ने र केन्द्रमा जारी आन्दोलनका कार्यक्रमप्रति ऐक्यवद्धता जनाउने गरी पाँच बूँदे आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width