दमौली, २ भदौ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा भानु नगरपालिका–५ बस्ने ३९ वर्षीय सुदीपराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा सोही ठाउँ निवासी ३४ वर्षीय प्रेमा न्यौपाने पौडेल घाइते भएकी छन् । सुदीपको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । घाइते प्रेमाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा मृत्यु हुने सुदीप घाइते प्रेमामा पति हुन् । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ६ ख ७५६० नंको ट्रकले राजमार्ग छेउमा रोकिराखेको प्रदेश ३–०१–००१–य नं को कारलाई ठक्कर दिएपछि सोही दिशाबाट आउँदै गरेको ना २० प ३१०९ नं को मोटरसाइकललाई उछिट्टिएको कारले ठक्कर दिएको थियो ।
Related News
सम्बन्धित समाचार
गण्डकीको १२ सय हेक्टरमा डढेलो
सशस्त्र प्रहरीले निकाल्यो करुवाको भीरबाट शव
निसीखोला दुर्घटनाका घाइते भन्छन्- चालकको लापरबाहीले दुर्घटना भयो
बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा ७ को मृत्यु, २० घाइते
राैतहटबाट पोखरा आउँदै गरेको बस नारायणगढ मुग्लिन सडकमा दुर्घटना, १ जनाको निधन, ४ घाइते
hero news full width
मुख्य समाचार
असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी
गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने
चैत्र १५, २०८०किरिया बसेका दाजुभाइ परीक्षामा
चैत्र १५, २०८०सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल
चैत्र १५, २०८०बजेट अभावमा नगर अस्पतालको काम रोकियो
चैत्र १५, २०८०एमाले कास्कीमा को-को निर्वाचित ? (अन्तिम मतपरिणामसहित)
चैत्र १४, २०८०