नेपालको प्रारम्भिक राष्ट्रिय टोली

एएफसी फुटसस च्याम्पियनसी

एजेन्सी
भाद्र २, २०७६
d1_Fotor

इरानमा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसीप छनोटका लागि नेपालले प्रारम्भिक राष्ट्रिय फुटसल टोलीको घोषणा गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटीले आइतबार छनोटमा सहभागिता जनाउने प्रारम्भिक टोलीको घोषणा गरेको हो। कमिटीले घोषणा गरेको प्रारम्भिक टोलीमा ३७ खेलाडी छन्।

एन्फाले ५ दिने खुल्ला प्रतिस्पर्धाबाट प्रारम्भिक चरणमा ३७ खेलाडी छनोट गरेको हो। खुल्ला छनोटबाट आएका खेलाडीलाई एन्फा फुटसल प्रशिक्षकको एक छनोट कमिटीले छनोट गरेको थियो।

कमिटिमा चक्र तामाङ, चेतन घिमिरे, बिक्रम महर्जन, दीपक भुषाल, नरेश श्रेष्ठ, सरोज थापा, विष्णु गुरुङ, गौरव बस्नेत, जीवन सिंकेमान, प्रकाश परियार र विनोद लामा थिए।

सेन्टर र साउथ जोनमा रहेको नेपालले ताजकिस्तानसँग कात्तिक ६ गते पहिलो खेल खेल्नेछ। यस्तै, नेपालले दोस्रो खेलमा उज्वेकिस्तानसँग कात्तिक ७ गते खेल्नेछ। नेपालले अन्तिम खेल अफगानिस्तानसँग कात्तिक ८ गते खेल्नेछ।

छनोटको शीर्ष टिम फाइनल चरणमा छनोट हुनेछन्। फाइनल चरणको खेल भने फेब्रुअरी २७ देखि मार्च ८ गतेसम्म तुर्कमेनिस्तानमा आयोजना हुनेछ।

नेपालको प्रारम्भिक राष्ट्रिय टोलीको प्रारम्भिक नेपाली टिमको खेलाडीहरुमा आशिष लामा, नवीन लामा, सुमित आले, नेत्रबहादुर श्रेष्ठ, अनिष श्रेष्ठ, रविचन्द्र थापा, आदिल हामिद, विजय श्रेष्ठ, विनोद गुरुङ, अमित लामा, दीपेश धले, निर्मल गुरुङ, अभय राना छन्।

त्यस्तै, विजय गुरुङ, आशिष कपाली, बिश्वजित राई, एलिक तामाङ, जेनिस प्रजापति, मनि लामा, सरोज तामाङ, प्रवेश जोशी, दीपेश श्रेष्ठ, रुपेश क्षेत्री, उजेर्न शेर्पा, राफी महर्जन, मनिष सेढाँई, मनिष लामा, संजय राजबहाक, विजय बोहोरा र हिमशाइल जिसी, मनोज तामाङ, सुरज गुरुङ, विजय श्रेष्ठ, अरुज सिंह र सुसन श्रेष्ठ छन्।

Related News

सम्बन्धित समाचार

hero news full width