यातायात मजदुर संगठनको अध्यक्षमा विष्णु

एजेन्सी
भाद्र २, २०७६
yatayat majdur_Fotor

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश कमिटिको प्रथम अधिवेशनले विष्णुबहादुर खत्री क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

समितिको उपाध्यक्षमा तीलबहादुर बिक, सचिवमा नारायणप्रसाद रिमाल, महिला सचिवमा धनुमाया दाहाल, शिक्षा सचिवमा डिल्लीराम भट्ट र आर्थिक सचिवमा डिलबहादुर तुलाधर (राजु ) छन्।

सदस्यमा भानुभक्त सुबेदी, बेलबहादुर केसी, बालकृष्ण पोखरेल, बसन्त बराल, भरतबाबु बोगटी, मदन गुरुङ, तेजबहादुर सुबेदी, चुडामणि शर्मा पोखरेल, प्रितमबहादुर पौडेल, केशव खतिवडा र दीपक रोकामगर रहेका छन्।

‘समृद्धिको लागि श्रमशक्तिको सुरक्षा, यात्रुमैत्री व्यवहार र आपसी हार्दिकता’ भन्ने नाराका साथ आयोजित अधिवेशन नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width