मोटरसाइकल दुर्घटनामा गुरुङको मृत्यु

आदर्श समाज सम्वाददाता
भाद्र १, २०७६
im-84293

पोखरा, १ भदौ । पृथ्वीराजमार्ग अन्तरगत पोखरा–१० औद्योगिक क्षेत्रमा शनिवार राति मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

आइतवार विहान १.४० बजे ग १० प ४७५० र ग४प २२५४ नम्बरका मोटरसाइल एकआपसमा ठोकिँदा दुबै मोटरसाइकल चालक गम्भीर घाइते भएका हुन् । घाइतेमध्ये पोखरा–१३ निवासी ४० वर्षीय देवराज गुरुङको स्थानीय फिस्टेल अस्पतालमा उपचारकै क्रममा आइतवार विहान २.१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता राजकुमार केसीले बताए । गुरुङ ग ४ प २२५४ नं को मोटर साइकललमा चाउथेबाट अमरसिंहचोकतर्फ आउदै थिए । गुरुङको टाउकोमा गम्भीर चोट लागेको थियो ।

त्यसैगरी अमरसिंहबाट चाउथेतर्फबाट जादै गरेका पोखरा–२६ का २६ वर्षीय अनिल अधिकारी गम्भीर घाइते भएका छन् । उनको गण्डकी मेडिकल कलेजको आईसियुमा उपचार भइरहेको छ । उनले ग.१० प ४७५० नं को मोटरसाइकल हाकेका थिए । घटनाको बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width