व्यवहारिक शिक्षा नहुँदा पछाडि प¥यौ –मन्त्री बास्कोटा

आदर्श समाज सम्वाददाता
भाद्र १, २०७६
Gokul-Baskota

बागलुङ, १ भदौ । संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले देशमा कानूनभन्दा माथि कुनै पनि शक्ति नभएको बताएका छन् ।
बागलुङबाट प्रकाशित हुने ढोरपाटन राष्ट्रिय दैनिकको १६ औ बार्षिकोत्सव तथा संघीयतामा समृद्धि बिषयक बहस कार्यक्रमको उद्घाटन मन्त्री बास्कोटाले यस्तो बताएका हुन् ।

नेपालको शिक्षा व्यवहारिक नभएकै कारण हामी पछाडि गरेका छौ, रोजगारीकै लागि विदेशजानु पर्ने वाध्यता छ, मन्त्री बास्कोटाले भने । भारतीयहरु नेपाल आएर जस्तोसुकै काम गर्न तयार हुने र उनीहरुले मासिक तीसौ हजार कमाउछन् तर त्यही काम गर्न नेपाली लाज मान्छन् उनले भने ।

समृद्धिको स्वाद नेपालीले खाने बेला आएको छ, उनले भने –दुई तिहाइको सरकारले काम देखाएन भन्ने गुनासो अहिले पनि आइरहेको छ । कामलाई सम्मान गर्दैै काम गर्नुपर्छ भन्ने भावनाको विकास हामीले गर्न आवश्यक छ उनले भने ।

पत्रिकाको बार्षिकोत्सवका अवसरमा बागलुङबाट २००८ सालमा प्रकाशित हस्तलिखित पत्रिकाका सम्पादक ओमकार प्रसाद गौचनलाई सम्मान गरिएको थियोे । कार्यक्रममा संघीय सांसद देवेन्द्र पौडेल सांसद सूर्य पाठक, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश बिष्ट नेपाल पत्रकार महासंघका पूर्व महासचिव उजिर मगर पोखरा महानगर पालिकाका प्रवक्ता धनबहादुर नेपाली लगायतका बक्ताहरूले संघीयता समृद्धिको चाहिने तत्वहरू खोजेर जान सकेको खण्डमा हामी लक्ष्यमा पुग्न सक्ने धारणा राखेका थिए ।मिडिया काउन्सिल बिधेयक अहिलेसम्म टुंगो लागेको छैन अहिले पनि छलफलमा रहेको भनाई मनत्री बास्कोटाको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width