हरितालिका तीजका अवसरमा सरसफाइ

आदर्श समाज सम्वाददाता
श्रावण ३२, २०७६
sarsafai (2)

पोखरा, ३२ साउन । नेपाली महिलाहरूको महान चाड हरितालिका तीजका अवसरमा बागमारा युवा संगम समूहले पोखरा महानगरपालिका वडा नं ३३ मा शनिवार सरसफाइ गरेको छ ।

सरसफाइमा सामाजिक सचेतना अभिबृद्धि गराउने उद्देश्यका साथ यहाँस्थित बरेली चोक, पानी टंकी, फेदीको चौतारा, महाकाली चोक, लुतेको चौतारा लगायतका स्थानमा सरसफाइ गरिएको बागमारा युवा संगम समूहका अध्यक्ष महेश्वर अर्यालले जानकारी दिए ।

समूहले हरितालिका तीजकै अवसरमा विगत चार वर्ष यता गर्दै आएको तीज गीत, मैत्रीपूर्ण भलिवल, छेलो हान्ने, डोरी तान्ने लगायतका प्रतियोगितात्मक कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइने उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width