परिवर्तन बिरोधीहरु राजतन्त्र फर्काउने कसरतमा छन्– नेपाल

आदर्श समाज सम्वाददाता
श्रावण ३२, २०७६
nepal photo 32

पोखरा, ३२ साउन । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले परिवर्तन बिरोधीहरु राजतन्त्र फर्काउने कसरत गरिरहेको आरोप लगाएका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनलाई शनिवार पोखरामा उद्घाटन गर्दै नेता नेपालले भने–यतिवेला पुरानो व्यवस्था फर्काउन परिवर्तन विरोधी सक्रिय भइरहँदा परिवर्तनकारी शक्तिहरु सतर्क हुन जरुरी छ ।

देश नयाँ चरणमा प्रवेश गरिसकेको र राजनीतिक क्रान्ति पनि सफल भएको अवस्थामा पुरानो व्यवस्था फर्कन सक्दैन, समयको माग पनि हैन, नेता नेपालले भने–वि.स.२००३ सालदेखि नै राणा शासको विरोधमा उत्रिएका नेपाली जनताले विभिन्न कालखण्डमा आन्दोलन मार्फत राजनीतिक परिवर्तन ल्याए र अहिले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

जनताको मतबाट दुई तिहाईको सरकार निर्माण भएको छ, देश बनाउने जिम्मा नेकपाको काँधमा आएको छ, विरोधीहरुले कम्युनिष्ट र लोकतन्त्रलाई नै असफल बनाउने प्रयासमा छन् त्यसैले नेकपाले जनताको भावना अनुसार आगाडि वढ्नै पर्छ, नेता नेपालले भने– सत्तामा पुगेपछि सत्ताको मात लाग्ने गर्छ, सत्तामा पुग्ने व्यक्तिले जनताका कुरा र आलोचना सुन्न सक्नु पर्छ त्यस्तो कुरा सुन्ने काम भएको छैन् ।

कहाँ कमजोरी र त्रुटी भएको छ, खोज्नु पर्छ, विपक्षीका पनि कुरा सुन्न सक्नु पर्छ, कमजोरीलाई सुधार गरेर अगाडि वढ्नु पर्छ, सुधार गगरे अगाडि कोही सानो हुदैन, प्रधानमन्त्रीलाई सत्ताको मात लागेको छ उनको आरोप थियो । आफ्नै पार्टी भित्र पनि सरकारले गरेका कामकारवाहीको समीक्षा हुन जरुरी छ, उनले भने–सरकार जनता केन्द्रित बन्न जरुरी छ, सरकाले लिएको नारा सम्मृद्ध नेपाल सुखी नेपालीको नारालाई पुरा गर्न सक्नु पर्छ ।

केही वर्ष अघिसम्म गरिब छिमेकी राष्ट्र चीन हामो सामु समृद्ध बनेको उदाहरण छ, इच्छाशक्ति भए हामीले केही वर्षमा समृद्धिमा सफलता हात पार्न सक्छौ, नेपाली काँग्रेस र मधेशवादी दल गतिला भएनन अब देशको विकास गर्ने भनेको नेकपाले नै उनले बताए । नेकपाले विभाजनको पीडा पनि भोगेको छ अवपनि विभाजन तर्फ जानु हुदैन, एकीकरण भएका दुई पार्टीलाई एकतावद्ध रुपमा अगाडि वढाउन जरुरी छ, उनले भने–पार्टीको नीति र विधानबाट अगाडि वढ्नु पर्छ, पार्टीमा कनिष्टलाई माथि लाने, गुटवन्दी गर्ने काम नहोस् ।

देशका विभिन्न निर्वाचनमा रिक्त ठाँउमा उपनिर्वाचन हुदै छ, कास्की निर्वाचन क्षेत्र नं २ मा पनि पनि निर्वाचन हुदै छ,, पार्टीका धेरै नेतालाई टिकट प्राप्त गर्ने चाहना हुन्छ, पार्टीले गरेको निर्णय मान्नु पर्छ, र त्यसैलाई जिताउन सवै नेता तथा कार्यकर्ता लाग्नु पर्छ, नेता नेपालले भने–कम्युनिष्टलाई जिताउनु पर्छ, चुनाव रिस पोख्ने वेला हैन, पार्टीमा अन्य समयमा रिस पोख्न सकिन्छ ।

आर्थिक समृद्धिका लागि सडक आवश्यक छ, नेपालको बजेट सबैभन्दा वढी सडकमा नै खर्चं हुने गरेको छ, यातायात मजदुरलेले सवारी संचालन हुँदा संवेदनशील हुन जरुरी छ, एकजनाकै कारण धेरैको ज्यान जान सक्छ सवारी चलाउदा मादक पदार्थ सेवन र मोवाइलमा कुरा नगर्न समेत नेपालले सुक्राव दिए । उक्त कार्यक्रम विष्णुबहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width