करेण्ट लागेर २ को मृत्यु, १ घाइते

आदर्श समाज सम्वाददाता
श्रावण ३१, २०७६
Document

पोखरा, ३१ साउन । पर्वतको महाशीला गाउँपालिका–४ धुँवाकोटमा शुक्रवार करेण्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

लंखुशव स्टेशनबाट लाम्तुङ लगिएको विजुलीको थ्री फ्रेज लाइनको काठको पोल पुरानोभई फलामको पोल फेर्ने क्रममा करेण्ट लाग्दा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पर्वत महाशीला गाउँपालिका–४ निवासी ३० वर्षीय सुरेन्द्रबहादुर क्षत्री र ३३ वर्षीय केशबहादुर क्षत्री रहेका छन् । सोही स्थान निवासी २५ वर्षीय भद्रबहादुर क्षत्री घाइते भएका छन्, । घाइते क्षत्रीको स्थानीय अस्पतालमा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । उक्त घटनाको बारेमा अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width