नेकपा प्रदेश ५ का प्रमुख सचेतक ढकालको घरमा बम विस्फोट

आदर्श समाज सम्वाददाता
श्रावण ३१, २०७६
boma

बुटवल ३१ साउन । नेकपा प्रदेशसभाका प्रमुुख सचेतक भूमिश्वर ढकालको घरमा बम बिस्फोट भएको छ ।

रुपन्देही सैनामैना ७ मा रहेको उनको घरमा ३ वटा पेट्रोल बम प्रहार गरिएपनि एउटा मात्र पड्किएको छ । सचेतक ढकालका अनुुसार ढकाल सुुत्ने कोठा, उनका बाबाआमा सुुत्ने कोठामा र अर्को उनले प्रयोग गर्ने लुु १ ज ४५६ नम्बरका गाडीमा लक्षित गरी बम प्रहार भएको छ ।

प्रहार भएका ३ वटा बममध्ये गाडीमा लक्षित बम मात्र विस्फोट भएर धेरै धनजनको क्षति हुन पाएन । ढकाल सुुत्ने कोठाको र उनका बाबाआमा सुस्ने कोठाको बम नपडकिँदा धनजनको ठूूलो क्षति हुुनबाट जोगिएको छ । बम कसले प्रहार गर्यो खुुल्न सकेको छैन । सचेतक ढकाल विगत चार दिनदेखि काठमाडौंको मेडिसिटी हस्टिलमा विरामी भएर उपचारत छन् ।

इलाका प्रहरी कार्यालय सालझण्डीका इन्पेक्टर रवि मैनालीले प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको बताए । बम प्रहारबाट गाडीमा क्षति पुगेको बताइएको छ । घटनामा विप्लव समुहको सम्लग्नता रहेको अनुमान प्रहरीको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width