मुक्तिनाथको सञ्चालन मुनाफा १ अर्ब २२ करोड

आदर्श समाज सम्वाददाता
श्रावण ३०, २०७६
muktinath-bikas-bank

पोखरा, ३० साउन । मुक्तिनाथ विकास बैंक लिमिटेडले आ.व.०७५/०७६ सम्ममा रु. ४६ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने ३७ अर्ब ९५ करोड कर्जा लगानी गरी सञ्चालन मुनाफा १ अर्ब २२ करोड गरेको छ ।

विकास बैंकको माझमा यस विकास बैंकको उत्साहजनक बृद्धि र उत्कृष्ठ प्रतिफल रहेको जनाएको छ । बैंकले निक्षेप तर्फ गत आर्थिक वर्षको तुलनामा ५२ प्रतिशत र कर्जा प्रवाहमा ५२ प्रतिशतले बृद्धि गरी सञ्चालन मुनाफा ३७ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।

बैंकको निष्कृय कर्जा अनुपात०.०७ प्रतिशत कायम रहेको छ भने बैंकको प्रति सेयर आम्दानी २७.८४ रुपैया रहेको छ । बैंकले आफूलाई विकास बैंकको माझमा नियमित कारोबारबाट नै सञ्चालन मुनाफा १ अर्ब २२ करोड गरी निक्षेप र कर्जा तर्फ पनि अग्रणी विकास बैंकको रुपमा आफूलाई स्थापित गर्न सफल भएको छ ।

गत वर्षहरुको उपलब्धिलाई निरन्तरता दिंदै आगामी वर्षहरुमा थप सेवा सुविधा बृद्धि गर्दै लैजाने बंैकले लक्ष्य लिएको छ । हाल बैंकले ११८ शाखा कार्यालयबाट आफ्ना सेवाग्राहीहरुलाई आधुनिक बैंकिङ्ग र साना तथा लघु बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको समेत बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width