वरिष्ठ साहित्यकार दीक्षितको निधन

रासस
श्रावण ३०, २०७६
9bd5e7d1925652020832c5c6aa8e14c1_w1000_h500_cp

काठमाडौँ, ३० साउन । वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा विहीवार निधन भएको छ ।

निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका उनलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो । निवासमा शौचालय जाँदा बेहोस भएका उनलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए । उनको मुटु, मिर्गौला र श्वासप्रश्वास सम्बन्धी समस्या थियो ।

दीक्षितका ‘माधवी’, ‘ऋग्वेद स् केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति छन् । उजले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेका थिए । नेपाली पत्रकारिता क्षेत्रमा पनि उनले विशिष्ट योगदान छ । उनको जन्म १९७९ फागुन ६ गते काठमाडौँको गैरीधारामा भएको थियो ।
उनका श्रीमती, तीन छोरा र एक छोरी छन् । उनका नाति अवनी दीक्षितका अनुसार दीक्षितको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

Related News

सम्बन्धित समाचार

    • जताततै भिडभाड, नाम मात्रको निषेधाज्ञा

      सविन लामिछाने श्रावण १८, २०७८
      दमौली । जिल्लाको सदरमुकाम दमौली बजारभरि चहलपहल बाक्लो छ । चोक-चोकमा मानिसको भीडभाड उस्तै छ । बैंकलगायत वित्तीय संस्थाको बाहिर जात्राझैं लाग्ने…
    • पोखरा विमानस्थलको म्याद १ वर्ष लम्बियो

      प्रकाश ढकाल श्रावण १८, २०७८
      पोखरा । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अवधि थपिएको छ । नागरिक उड्ययन प्राधिकरणले १ वर्ष म्याद थपेको हो…
    • सकिनै आट्यो रोपाइँ

      धनबहादुर गुरुङ श्रावण १७, २०७८
      पोखरा । मानो खाएर मुरी उब्जाउने महिना सकिएर साउनको दोस्रो साता सुरु हुँदा गण्डकी प्रदेशमा रोपाइँ सकिनै आँटेको छ ।…
    • थप २ हजार ५६८ मा सङ्क्रमण

      रासस श्रावण १७, २०७८
      काठमाडौं । पछिल्लो २४ घण्टामा १२ हजार ६३६ मा नमूना परीक्षण गर्दा देशभर दुुई हजार ५६८ मा सङ्क्रमण पुष्टि भएको…
    • विस्तारै उठ्दैछ कोरोनाले थलिएको पोखरा

      रासस श्रावण १७, २०७८
      गण्डकी । झण्डै दुई वर्षयता कोरोना कहरका कारण पर्यटकीय नगरी पोखरामा व्यवसाय ठप्प छ । व्यवसाय ठप्प भएसँगै यस क्षेत्रमा…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads