पोखराका वडा चोरी गर्ने एउटै व्यक्ति

Avatar आदर्श समाज सम्वाददाता
श्रावण २९, २०७६

पोखरा,२९ साउन । पोखराका वडा कार्यालयमा चोरी गर्ने व्यक्तिलाई पक्राउ गरी कास्की प्रहरीले बुधवार संचारकर्मी माझ सार्वजनिक गरेको छ ।

एक वर्षयता पोखरा महानगरपालिकाका ११ वटा वडामा चोरी भएको थियो । वडा कार्यलयमा सम्लग्न भएको आरोपमा प्रहरीले काठमाण्डौ महानगरपालिका–११ घरभई पोखरा–१० रामबजार डेरागरी बस्ने ५१ वर्षीय किशोर थापालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले थापालाई पोखरा–६ सहिदचोकबाट साउन २६ गते पक्राउ गरेको हो । वडा कार्यालयबाट चोरी गरिएका केही सामाग्री समेत प्रहरीले थापाको कोठाबाट बरामद भएका छन्, भने केही सामाग्री थाापाले बिक्री गरिसकेका छन् ।

थापालाई चोरी तथा डाँका मुद्दामा कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको कास्कीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए । यस अघि किशोर थापा डाँका चोरीमा मुद्दामा काठमाण्डौ केन्द्रीय कारागारमा वि.स. २०४६–०५१ सम्म अर्थात ५ वर्ष जेल सजाय र चोरी मुद्दामा वि.स. २०७१–२०७४ सम्म अर्थात ३ वर्ष कैद सजाय भोगिसकेका छन् । चोरी गर्दा प्रयोग गर्ने रड, स्कुडाईभर, पंजा, माक्स, लगायतका सामाग्री थापाको डेराबाट प्रहरीले बरामद गरेको छ ।

थाापाले चोरी गरेका सामाग्री ल्यापटप, क्यामेरा, कम्प्युटर, सीपीयु जस्ता सामाग्री खरिद गर्ने मकवानपुर जिल्ला थाहा नगरपालिका–१२ घरभई काठमाण्डौ महानगरपालिका–१४ कलंकीमा कम्प्युटर सोलुसन पसल संचालन गर्दै आएका ३६ वर्षीय रुपचन्द्र गोपाली पनि पक्राउ परेका छन् ।

एक वर्षको समयमा पोखरा महानगरपालिका वडा नं १२, १५, १४, २९, ५, १३, २, १६, १९, ३१, २५ कार्यालय विभिन्न मितिमा चोरी भएका थिए । सबै वडा कार्यालय रातिमा चोरी भएका हुन् । ती वडा कार्यालयबाट सामान मात्र नभई केही मात्रामा नगद समेच चोरी भएको वडाहरुले जानकरी दिर्दै आएका छन् ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

शान्ति पत्रकारिता पुरस्कारको अक्षयकोष रकम हस्तान्तरण

३३ युनिट रगत संकलन

‘सीको भ्रमणपछि उत्साह’

समाजसेवाको नृत्यमा रसाइली प्रथम

पाल्पाली समाजको सामूहिक टीका

प्रमुख समाचार

दश वर्षमा मध्यम स्तरको विकसित राष्ट्र –मुख्यमन्त्री गुरुङ

थप प्रमुख समाचार