दीपिका र प्रियंकाको सामाजिक संजालमा ‘फेक फलोअर’ धेरै

Avatar एजेन्सी
श्रावण २९, २०७६

काठमाण्डौ, २९ साउन । अहिले सेलिब्रेटीको लोकप्रियता मापन गर्ने प्रमुख आधार विभिन्न सामाजिक संजालका फलोअरलाई प्रमुख आधार बनाउने गरिन्छ ।

फलोअरको आधारमा नै सेलिब्रेटीहरुले विभिन्न ब्रान्डका क्याम्पेनहरु पाउने र पैसा कमाउने गर्दछन् । पछिल्लो पटक बलिवुडबाट हलिवुडमा गएकी अभिनेत्री प्रियंका चोपडालाई अर्की अभिनेत्री दीपिका पदुकोने करिब आधा फलोअर ‘फेक फलोअर’ भएको खुलासा भएको छ ।

बेलायतको एक कम्पनि इन्स्टिच्युट अफ कन्टेमपोररी म्युजिक पर्फर्मेन्सले गरेको एक अध्ययनमा सामाजिक स्नाजालमा अभिनेत्री दीपिकाका ४५ प्रतिशत फलोअर फेक रहेको खुलासा गरेको छ । त्यस्तै अर्की अभिनेत्री प्रियंकाका ४३ प्रतिशत फेक फलोअर रहेको खुलासा गरेको छ ।

सो संस्थाले सार्वजनिक गरेको १० विभिन्न फिल्म क्षेत्रका व्यक्तिहरुको सुचिमा धेरै फेक फलोअर हुनेमा दीपिका छैठौ स्थानमा रहेकी छन् । त्यस्तै प्रियंका ४३ प्रतिशत फेक फलोअरसहित दशौ स्थानमा रहेकी छन् ।

त्यस्तै खेलाडीहरुमा धेरै फेक फलोअर हुनेमा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीका ४४ प्रतिशत फेक फलोअर रहेको खुलासा गरेको छ ।सो संस्थाले सामाजिक संजाल ट्वीटर र इन्स्टाग्रामका फलोअरको अध्ययन गरेको बताएको छ ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

‘एउटा कुरा छ’ सार्वजनिक

आर्वामा ‘हाम्रो समाज’ नाटक प्रर्दशन

ढिकुरपोखरीमा दसैं मेला शुरु

एलिसा भइन् ट्यालेण्ट क्वेष्ट

नमस्ते गण्डकी अनलाइन टीभीको ‘रमिता’ संचालनमा

प्रमुख समाचार

दश वर्षमा मध्यम स्तरको विकसित राष्ट्र –मुख्यमन्त्री गुरुङ

थप प्रमुख समाचार