४० करोडमा पनि गरेनन् विजयले हिन्दी रिमेक

एजेन्सी
श्रावण २९, २०७६
karan-dear-comrade_d

काठमाण्डौ, २९ साउन । तेलुगु फिल्म डियर कामरेड ले अहिले बक्सअफिसमा निकै राम्रो व्यापार गरिरहेको छ ।

एक हप्ता अगाडि प्रदर्शनमा आएको फिल्मले बक्सअफिसमा राम्रो सुरुवात गरेको छ । फिल्मले ओपनिङ वीकेन्डमा वल्र्डवाइड ३३ करोडको कलेक्सन गर्न सफल भएको छ । फिल्ममा साउथ स्टार विजय देवराकोन्डाको अपोजिटमा रश्मिका मन्डाना छिन् ।

रिलिज अगावै यसको जबरजस्त बज थियो, जसकारण ६ करोड भारुमा बलिउडका प्रख्यात निर्देशक तथा निर्माता करण जोहरले यो फिल्मको हिन्दी राइट्स लिएका थिए । करणले राइट्स खरिद गरेपछि यो फिल्मको हिन्दी रिमेकमा इशान खट्टर र जान्हवी कपूरलाई कास्ट गर्ने खबर बाहिर आएके छ । तर, करणले यो हल्ला मात्र रहेको बताएका छन् ।

भारतीय मिडियाका अनुसार, उनी फिल्ममा विजय देवराकोन्डालाई नै कास्ट गर्न चाहन्थे । यसका लागि उनले ४० करोडको अफर पनि दिएका थिए । तर, विजयले हिन्दी रिमेकमा काम गर्न मानेनन् । उनको दोस्रो फिल्मको हिन्दी रिमेक बन्न लागेको हो । शाहिद कपूर स्टारर फिल्म कबीर सिंह पनि उनी अभिनीत फिल्म अर्जुन रेडीको हिन्दी रिमेक हो ।

साउथ फिल्म अर्जुन रेडीको हिन्दी रिमेकमा पनि विजयलाई नै लिने तयारीमा निर्माण थियो । तर, उनले काम गर्न मानेन् । उनले फिल्म रिजेक्ट गरेपछि शाहिदलाई अप्रोच गरिएको थियो । कबीर सिंहले अहिलेसम्म बक्सअफिसमा २ सय ७७ करोडभन्दा बढी कमाइसकेको छ । यो शाहिदको करिअरको सबैभन्दा ब्लकबस्टर फिल्म हो ।

Related News

सम्बन्धित समाचार

hero news full width