सर्भरले काम नगर्दा सेवाग्राही मर्कामा

आदर्श समाज सम्वाददाता
श्रावण २८, २०७६
wada

पोखरा, २८ साउन । पोखरा महानगरपालिकाको सर्भर डाउन हँुदा सेवाग्राहीले सास्ती पाएका छन् । पोखरा–६ को वडा कार्यालयमा राजश्व तिर्न आउने सेवाग्राहीको दैनिकी विहान आउने र बेलुका फर्कने भएको छ ।

विहान १० बजे कार्यलयमा आयो ४ बजे सम्म बस्यो अनि घर गयो फेरी पुन भोली पल्ट आयो दिन चर्या नै यसरी बितेको छ पोखरा ६ बैदाममा ब्यवसाय गदै आएकी ऐश्र्वय सुवेदीले भनिन्–पसल दर्ताको लागि आएकी हँु २ दिनदेखि पसल बन्द छ, सुवेदीले नयाँ नेपाल सम्वृद्ध नेपाल भन्छन, सिंहदरवाको अधिकार आगनमा आयो भनेका छन् खै अधिकार ।
यस्तै समस्या छ, एकीकृत सम्पति कर तिर्न आएकी पोखरा–६ बैदाम डिहीको पाटन बस्ने दुर्गा पहारीको पनि घरमा छोरा विरामी छ, औषधि खुवाउनु पर्ने समय भयो, मन आर्तिएको छ, अझै पनि कति समय लाग्ने हो, उनले भनिन् ।

पोखरा ६ जरेवर बस्ने जीवनाथ गौतमले महानगर पालिकाको कमिशनको खेलले गुणस्तरहिन सप्टवयर राख्दाँ दुख पाउनु परेको आरोप लगाए । स्माट सिटी र नयाँ नेपालको सपना बाडेर चुनाव जितेका नेताहरुको कमिशनको खेलले हामी सर्वसाधरणले हैरानी ब्याहोर्न परेको उनले बताए ।

“राजश्व तिर्छु भनेर आउदा त यो हालत छ भने, स्माट सिटीको सपना देखाउने महानगरका मेयरले के हेरेर बसेका छन उनको आक्रोश छ । “ब्यवसाय दर्ता, एकीकृत सम्पति र अन्य कामका लागि आउने सेवाग्राहीले सर्भरमा आएको समस्याले गर्दा विहान १० बजे आएका सेवाग्राही बेलुका निरास हुदै फर्केने गरेका छन”,

वडा कार्यलय ६ बैदामका खरदार केशवराज बरालले बताए । १०–१५ दिन भयो सर्भरमा समस्या आउन लागेको उनले भने दिनमा ५–१० जनाले मात्र राजश्व तिर्ने गरेको छन, सर्भर बेला बेलामा डाउन हुनाले सेवा ग्राहीलाई सेवा दिन सकेका छैन्यौ खरदार बरालले दुख पोखे ।

वडा अध्यक्ष जगतबहादुर पहारीले “यो समस्या ३३ वटै वडामा देखिएको छ, यसमा हामीले केही गर्ने नसक्ने भन्दै समस्या समाधानका लागि महानगरपालिका सगँ कुरा राखेको” बताए । राजश्व शाखा प्रमुख छविलाल शर्माले केही दिन देखी नयाँ भएकोले सर्भरमा समस्या आएको स्विकार्दै यस समस्याको हल भइसकेको छ, अव समस्या नआउने उनले भने ।

Related News

सम्बन्धित समाचार

hero news full width