लब्ली हिलमा पार्क निर्माण

आदर्श समाज सम्वाददाता
श्रावण २८, २०७६
IMG_20190813_084859363

पोखरा, २८ साउन । पोखरा –१८ लब्ली डाडाँमा मंगलवार ब्रह्माकुमारी राजयोग केन्द्र पस्र्याङ शाखाले पार्क निर्माण शुरु गरेको छ ।

लब्ली डाडाँको १३ रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा पार्क निर्माण गर्न थालिएको हो । पार्क निर्माण सँगै उक्त पार्कमा विरुवा समेत रोपिएको छ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले विरुवा रोपेर शुभारम्भ गरेका छन् ।

पार्क निर्माण कार्यको शुरुवात गर्दै प्रमुख अतिथि मानबहादुर जिसीले मानिसमा बढदै गइरहेको तनावलाई कम गर्न पार्कहरुको आवश्यता भएको र सकारात्मक तरंग फैलाउनमा बिरुवाको भूमिका पनि महत्वपूर्ण हुने बताए । राजयोगिनी परिनिता दिदी,समाजसेवी गणेश शेरेथ लगायतका महानुभावले २७ वटा धुपीका बिरुवाहरु रोपेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width