प्रांगारिक उत्पादनको बजार प्रदेशले मिलाउने

आदर्श समाज सम्वाददाता
श्रावण २८, २०७६
Gandaki_Fotor

गण्डकी प्रदेशका किसानले उत्पादन गर्ने प्रांगारिक उत्पादनको बजार ग्यारेण्टी प्रदेश सरकारले गर्ने भएको जनाएको छ।

यसका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र ग्लोबल क्यापिटल इनभेष्टमेण्ट कम्पनीबीच सोमबार सम्झौता भएको छ।

मन्त्रालयतर्फबाट सचिव दुर्गाप्रसाद दवाडी र ग्लोबल क्यापिटलतर्फबाट अध्यक्ष देवमान हिराचनले सम्झौतापत्रमा हस्ताक्षार गरेका छन्। सम्झौता अनुसार प्रदेशका किसानले उत्पादन गर्ने प्रांगरिक कृषि समाग्री देश तथा विदेशमा खपत गर्ने जिम्मेवारी ग्लोबल क्यापिटलको हुनेछ।

साथै कृषिसम्बन्धी नया विधि तथा प्रविधिका विषयमा ग्लोबल क्यापिटलले सहयोग गर्नेछ। यसको समन्वय मन्त्रालयले गर्नेछ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले सम्झौताले किसानको उत्पादन बिक्री नहुने समास्या अब नरहने बताए। उनले ग्लोबल क्यापिटलसँग थप छलफल गरी विस्तृत कार्ययोजना नै बनाएर अगाडि बढ्ने जानकारी गराउँदै सम्झौता प्रांगारिक बजार प्रशोधन र प्रवद्र्धनमा महत्वपूर्ण कदम बनाएको बताए।

कृषिमा रसायनिक बस्तुको प्रयोग निरुत्साहित गर्दै प्रांगारिक उत्पादन बढाउने प्रदेश सरकारको नीति अनुसार नै सम्झौता भएको समेत उनले प्रष्ट्याए। ग्लोबल क्यापिटलतर्फबाट अध्यक्ष देवमान हिराचनले प्रांगरिक उत्पादनको माग आज धेरै देशबाट भैरहेको भन्दै प्रदेशको उत्पादनको बजारमा पुर्याउन चाहिरहेको बताए। उनले मिलेर अगाडि बढेमा मात्र यो सम्झौताको औचित्य पुष्टि हुने भन्दै कृषिमा नया प्रविधि प्रदेशका किसानलाई सिकाउन समेत आफूहरु तयार रहेको बताए।

देशमा १ सय ५० वर्षदेखि एकै तरिकाको विधिमा कृषि निर्भर रहेकोले यसलाई सबै मिलेर परिवर्तन गर्नुपर्ने हिराचनको भनाइ छ। कृषि मन्त्रालयले गरेको यो छैटौ एमओयु सम्झौता हो। यसअघि चिनियाँ कम्पनी, कृषि विकास बैंक प्रदेश कार्यलाय, कृषि, वन विज्ञान क्याम्पस रामपुर, लि–वर्ड र नापी विभागसँग विभिन्न क्षेत्रमा सहकार्य गर्ने गरी एमओयु सम्झौता मन्त्रालयले गरिसकेको छ।

Related News

सम्बन्धित समाचार

    • जताततै भिडभाड, नाम मात्रको निषेधाज्ञा

      सविन लामिछाने श्रावण १८, २०७८
      दमौली । जिल्लाको सदरमुकाम दमौली बजारभरि चहलपहल बाक्लो छ । चोक-चोकमा मानिसको भीडभाड उस्तै छ । बैंकलगायत वित्तीय संस्थाको बाहिर जात्राझैं लाग्ने…
    • गोर्खा स्मारक प्रदेशकै गौरव

      विजय नेपाल श्रावण १७, २०७८
      पोखरा । युद्धभूमिमा कैयौं वीरगोर्खाली सहिद भएका छन् । विश्वयुद्धदेखि विभिन्न देशका युद्धभूमिमा ज्यानको बाजी थापेर लडेकामध्ये ६० हजारभन्दा बढी…
    • डुबेर २ किशोर बेपत्ता

      आदर्श समाज सम्वाददाता श्रावण १५, २०७८
      बागलुङ  । कालीगण्डकी नदीमा डुबेर बागलुङ नगरपालिका ४ का २ जना किशोर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी…
    • धौंलागिरि अस्पतालको एनआइसीयू अलपत्र

      रासस श्रावण १५, २०७८
      बलेवा । बजेट अभावले धौंलागिरि अस्पतालमा निर्माण शुरु भएको शिशु सघन उपचारकक्ष अलपत्र परेको छ । जन्मेदेखि चार सातासम्मका बालबालिकाका…
    • संक्रमित भेट्दै मनोबल बढाउँदै

      सविन लामिछाने श्रावण १५, २०७८
      दमौली । हर्न बजाउँदै घर अगाडि स्कुटर आएपछि सेतै फुलेका पाका मानिस बाहिर निस्किए । केही साताअघि कोरोना संक्रमित उनी होम…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads