भाँडा व्यवसायीको रक्तदान

आदर्श समाज सम्वाददाता
श्रावण २८, २०७६
bhada photo_Fotor

पोखरा भाँडा व्यवसायी संघको १२ औं स्थापना दिवसको पूर्वसन्ध्यामा खुला रक्तदान कार्यक्रम गरिएको छ।

पोखराको वीपी चोकमा आयोजित रक्तदानमा ५८ युनिट रगत संकलन भएको छ।

पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले सात जना महिला रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेकी थिइन्। कार्यक्रममा उपमेयर गुरुङले महानगरपालिका व्यवसायीको साथमा रहेको बताइन्। उनले सबै क्षेत्रले सामाजिक उत्तरदायित्व वहन गर्नुपर्नेमा जोड दिइन्।

त्यसअवसरमा पोखरा ९ का वडाध्यक्ष रामराज लामिछाने, ३ का वडाध्यक्ष रविन्सन प्रजु, पोखरा उद्योग वाणिज्य संघका सदस्य रामेश्वर अधिकारी, नेपाल रेडक्रस सोसाइटी कास्कीका उपसभापति कृष्ण तिमिल्सिना, प्रहरी निरीक्षक चन्द्रा गुरुङ, संघका सल्लाहकार कुश कार्की, पुरुषोत्तम श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, निवर्तमान अध्यक्ष डीबी भुजेल र कार्यक्रम संयोजक रञ्जना मानन्धर लगायतले बोलेका थिए।

संघका अध्यक्ष बलराम तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष नरेन्द्र आचार्यले स्वागत, सचिव लक्ष्मीप्रसाद अधिकारी र सहकोषाध्यक्ष सूनकुमारी गुरुङले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

    • एमबीलाई कौराहा पत्रकारिता पुरस्कार अर्पण

      आदर्श समाज सम्वाददाता श्रावण १८, २०७८
      पोखरा । नेपाल मगर पत्रकार संघ, कास्कीले हरेक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०७८ बाट कास्कीका…
    • विद्यार्थीलाई लागुपदार्थविरुद्ध सचेतना

      आदर्श समाज सम्वाददाता श्रावण १८, २०७८
      पोखरा । हिलसाइड सेकेन्डरी बोर्डिङ स्कुल मालेपाटनका ७५ जना विद्यार्थीलाई लागुपदार्थविरुद्ध सचेतना कार्यक्रम गरिएको छ । विद्यालयले अनलाइन माध्यमबाट पठनपाठन…
    • सडक लेन अनुुशासनसम्बन्धी साताव्यापी सचेतना

      आदर्श समाज सम्वाददाता श्रावण १८, २०७८
      पोखरा । जिल्ला ट्राफिक कार्यालय कास्कीले लेन अनुुशासनसम्बन्धी सप्ताहव्यापी सचेतनामूलक कार्यक्रम आइतबारदेखि सुरु गरेको छ । पोखरा पृथ्वीचोकमा कार्यक्रम आयोजना…
    • स्वतन्त्रको राष्ट्रिय अधिवेशन तयारी

      आदर्श समाज सम्वाददाता श्रावण १८, २०७८
      पोखरा । स्वतन्त्र पत्रकार संघ नेपालले भदौमा राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । संघको पोखरामा आइतबार राष्ट्रिय अध्यक्ष केबी मसालको…
    • भरतपोखरीका विकास योजनाबारे ध्यानाकर्षण

      आदर्श समाज सम्वाददाता श्रावण १८, २०७८
      पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं ३३, भरतपोखरी इकाइ समितिले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित प्रदेश सरकारका…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads