दाह्री ग्याङको रक्तदान

एजेन्सी
श्रावण २८, २०७६
dari_Fotor

अन्तराष्ट्रिय युवा दिवस अवसरमा दाह्री ग्याङ पोखराले आयोजना गरेको खुला रक्तदान कार्यक्रमबाट १ सय ३० युनिट रगत संकलन भएको छ।

गण्डकी प्रदेशका सांसद राजीव पहारीले पहिलो रक्तदाता विवेक चालिसेलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए।

पोखरा आसपासमा दिनहुँजसो विभिन्न संघसंस्थाको आयोजनामा रक्तदान भैरहेकाले पहिलेका वर्षझैँ यो पटक रगत अभाव नभएको क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्रले जानकारी गराएको छ।

कार्यक्रममा प्रथम पटक रक्तदान गर्नेहरुको धेरै उपस्थिति रहेको दाह्री ग्याङ पोखराका संयोजक वसन्त पहारीले बताए।

दाह्री ग्याङ पोखराका पूर्व संयोजक शेखर गौतमले स्वागत गरेको कार्यक्रमको संचालन बिक्रम पाण्डेले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width