जगन्नाथको रथयात्रा

आदर्श समाज सम्वाददाता
श्रावण २७, २०७६
IMG_2922

म्याग्दी ,२७ साउन । ऐतिहासिक प्राचिन धार्मिक ,सांस्कृतिक एवम् पर्यटकीय स्थलको रुपमा परिचित जगन्नाथमा भगवान जगन्नाथको रथयात्रा तथा सरकारी भोज (खिर खाने ) कार्यक्रम सम्पन्न भएको छ । जगन्नाथ मन्दिर गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा सोमबार म्याग्दीको बेनी नगरपालिका ५ गाजने स्थित भगवान जगन्नाथको रथयात्रा संगै सरकारी भोज खाने कार्यक्रम सम्पन्न भएको हो ।

सिंजा साम्राज्यको पतन पछि कर्णाली प्रदेशमा बाईसे राज्यहरु र गण्डकी प्रदेशमा चौबीसे राज्यहरु आस्तित्वमा आएपछि चौबिसे राज्यमध्ये एतिहासिक पर्वत राज्यका समालबंशी तृतिय मल्लराजा दिलिप बम मल्ल डिम्बले अन्दाजी १५६० तिर भगवान जगन्नाथ मन्दिरको स्थापना गरेको भनाई रहेको छ ।

गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले भगवान जगन्नाथ एक आफैमा ऐतिहासीक प्राचिन धार्मिक ,एवम् सांस्कृतिक पहिचान बोकेको स्थल भएको बताए । उनले जगन्नाथ क्षेत्रको संरक्षण ,प्रचारप्रसार र प्रवद्र्धन गर्न सकिएमा गाजने क्षेत्र संगै समग्र जिल्लाको धार्मिक एवम् पर्यटकीय क्षेत्रको महिमा बढ्ने बताए । जगन्नाथ क्षेत्रको विकासका लागि लागि आफुले सक्दो पहल गर्ने उद्धघोष समेत व्यक्त गरे ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले प्राचिन धार्मिक स्थल भएको बताउँदै पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । जिल्ला भित्र आझेलमा परेका अन्य ऐतिहासीक धार्मि,सांस्कृतीक तथा पर्यटकीय स्थलको पहिचान तथा प्रबद्र्धन गर्न सकेमा रोजगारीको विकास संगै आर्थिक क्षेत्रमा सहयोग पुग्ने बताए ।

बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले जगन्नाथ नगपालिकाको मात्र नभई समग्र जिल्लाकै एक ऐतिहासीक धार्मिक,सांकृतिक तथा पर्यटकीय क्षेत्र भएकोे बताए । जगन्नाथ क्षेत्र विकासका लागि नगरपालिकाले पर्यटक एवम् भक्तजलाई लक्षित गरी पुर्वाधार निर्माण सुरु गरेको जानकारी दिए । उनले जगन्नाथ क्षेत्रको संरक्षण , प्रवद्र्धन तथा प्रचारप्रसारकार लागि सबैबाट सहयोगको अपेक्षा व्यक्त गरे ।

यसैगरी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल,जिल्लाको मंगला गाउँपालिका उपप्रमुख श्रृजना केसी ,नेपाली कांग्रेसका उपसभापति माधवप्रसाद रेग्मी ,बेनपा ५ का अध्यक्ष लक्षमण बानियाँ लगयतले बोलेका थिए ।

ऐतिहासीक धार्मिक एवं पर्यटकीय स्थल जगन्नाथ मन्दिरको प्रवद्र्धन तथा प्रचारप्रसार गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष राम बहादुर बानियाँले जानकारी दिए । उनका अनुसार हरेक बर्ष साउन महिनाको २७ गते गाजने परिसरमा जगन्नाथको रथयात्रा गरिँदै्र आएको छ ।

ऐतिहासीक प्राचिन पर्वत राज्यका समालवंशी तृतिय मल्लराजा दिलिपबम मल्ल (डिम्ब )ले अन्दाजी १५६० तिर भगवान जगन्नाथ मन्दिरको स्थापना गरेको इतिहासमा उल्लेख रहेको आयोजक समितिका कोषाध्यक्ष रामचन्द्र पौडेलले जानकारी दिए । जगन्नाथको रथयात्राको दिनमा भोज खुवाउने प्रचलनलाई सरकारी भोज भनिएको बताइन्छ । प्राचिन धार्मिक एवं सांस्कृतिक पहिचान बोकेको जगन्नाथ क्षेत्रमा जाँड रक्सी उत्पादन,ब्यापर तथा कुखुरा,सुंगुर पाल्न निषेध गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width