३ वर्ष भित्र २५ किलोमिटर सडक कालोपत्रे गर्ने योजना

आदर्श समाज सम्वाददाता
श्रावण २७, २०७६
Lamjung-district-community-hospital

लमजुङ, २७ साउन । वेँसीशहर नगरपालिकाले आउँदो तीन वर्ष भित्र २५ किलोमिटर सडक कालोपत्रे गर्ने महत्वकांक्षी योजना अगाडि सारेको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगरभित्र अबको तीन वर्षभित्र कम्तिमा २५ किलोमिटर सडक कालोपत्रे र ५० किलोमिटर सडकको पक्की नाली निर्माण गर्ने योजना सार्वजनिक गरेको हो । नगरपालिकाको बजार क्षेत्रमा स्थानीय समुदायसँगको लागत साझेदारीमा सडक कालोपत्रे गर्ने नीतिलाई निरन्तरता दिदै नगरपालिकाको श्रोत, प्रदेश तथा केन्द्र सरकारबाट प्राप्त बजेटबाट २५ किमि सडक कालोपत्रे र ५० किमि पक्की नाली निमार्ण गर्ने योजना वनाइएको नगरप्रमुख गुमान सिहं अर्यालले बताए ।

उनले आफ्नो बाँकी कार्यकालमा त्यो काम गर्ने लक्ष्यसहितको योजना बनाएका हुन् । उनका अनुसार नगरपालिकाले स्थानीय समुदायको लागत साझोदारीमा अघिल्लो आर्थिक वर्षमा १.४ किलोमिटर र गत अर्थिक वर्षको हालसम्म १.६ किलोमिटर सडक कालोपत्रे तथा ढलान गरेको छ । चालुआर्थिक वर्षको अन्त्यसम्म करिव १ किलोमिटर थप सडक कालोपत्रे सम्पन्न हुने नगरपालिकाले जनाएको छ ।

डुमे्वेँसीशहर सडक खण्ड अन्र्तगत पर्ने सडक बाहेक वेंसीशहर नगरपालिका भित्र ३ किलोमिटर मात्र कालोपत्रे सडक छ । नगरपालिका भित्र गत आर्थिक वर्षसम्ममा २८.२ किमी र चालु आर्थिक वर्षमा २६.७७ किमी गरी जम्मा ५४ दशमलव ९७ किलोमिटर नयाँ ट्रयाक खोलिएकोमा हालसम्म २३.५३ किमी सडक मात्र ग्राभेल गरिएको र २४.३५ किमी पक्की नाला निमार्ण गरिएको नगरप्रमुख अर्यालले बनाए । उनका अनुसार पूर्वाधार विकासमा सडक र यातायातलाई मुख्य प्राथामिकतामा राखेर नगरपालिकाले चालू आर्थिक वर्ष भित्र नगर यातायात गुरु योजना निर्माण सम्पन्न गर्ने तयारी गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width