वडा कार्यालयमा बम विष्फोट

rss रासस
श्रावण २७, २०७६

सुरुङ्गा, २७ साउन । अज्ञात समूहले झापाको बिर्तामोडस्थित वडा कार्यालयको भवनमा सोमवार बिहान बम विष्फोट गराएको छ । बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालयमा बिहान ४ः३० बजे बम विष्फोट गराएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

प्रहरी निरीक्षक सुनिल श्रेष्ठका अनासार गरामनीमा रहेको संयुक्त वडा कार्यालयमा बम विष्फोट गराउँदा कार्यालयको झ्यालहरु भत्किएको छ । विष्फोट कसले गराएको हो पहिचान नभएको श्रेष्ठले बताए । घटनालगत्तै प्रहरीले अनुसन्धान शुरु गरेको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ । बम विष्फोटबाट कार्यालयको बाहिरी भवनमा क्षति पुगे पनि कागजात भने सुरक्षित रहेको प्रहरीको भनाइ छ ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

प्रमुख समाचार

साग ह्याण्डबलमा पहिलो पटक नेपालको मेडल टच