पोलेको माछाको स्वाद लिने नयाँ गन्तब्य बन्दै माझीकुना

आदर्श समाज सम्वाददाता
श्रावण २७, २०७६
p 027

पोखरा, २७ साउन । बेगनास तालको पूर्वी किनार माझीकुना, जहाँबाट वेगनास तालको दृष्यावलोकन र वेगनास तालमै उत्पादित विभिन्न जातका माछाको स्वाद लिने नयाँ गन्तब्य बनेको छ ।

एउटा आँखाले रुपा र अर्को आँखाले वेगनास ताल अवलोकन गर्न सकिने भ्यू टावरको रुपमा परिचित सुन्दरी डाडाँबाट थोरै उत्तरतर्फको ओरालोबाटो पैदल झरेपछि माझीकुना पुगिन्छ । उक्त स्थान यतिबेला माछाका पारखिलाई नयाँ गन्तब्य बनेको छ ।

पोलेको माछा नै यहाँको मुख्य परिकार हो । तिलापिया जातको माछालाई मरमसलाले म्यारिनेट गरेर त्यसभित्र च्याउ, धनियाँ, सिंगै लसुन हालिन्छ । केही घण्टा मसलामा भिज्न दिएर त्यसलाई आलमुनियम फोइलमा प्याकगरी तावामाथि वा सिधै आगोमाथि राखेर पकाए पछि खानको लागि तयार हुन्छ पोलेको माछा । ।
पचभँैयामा जुओलोजिकल पार्क बनेपछि माछा पारखीहरुको संख्या बृद्धि भएको छ । स्थानीय राम जलारीले भने पर्यटकीय गन्तव्यको रुपमा रहेको बेगनासतालमा नौकाविहार गदै माझीकुना जान सकिन्छ भने पचभैँयबाट मोटबाटो हुदै पनि माझी कुना पुग्नु सकिन्छ ।

शान्त वातावरण जंगलको मध्यभाग माझीकुना यतिवेला माछाको परिकारको लागि चर्चित हुँदै गएको छ । माछा फ्राई र माछा करी अन्यत्र पाइए पनि पोलेको माछाको स्वाद भने यहाँको व्राण्ड नै बनेको छ ।

पोखराको लेकसाइडका रेष्टुरेन्टहरुले समेत माझीकुनाको सिको गरेर पोलेको माछाको परिकार मेन्युमा राखेको पनि धेरै भएको छैन । तर माझीकुनाको पोलेको माछा भने दाउरामा बनाइने हुँदा स्वाद बेग्लै हुन्छ । विशेष गरी शुक्रबार र शनिबार यहाँका रेष्टुरेन्टहरु माछा पारखीहरुले भरिभराउ हुन्छन् । साथीभाईदेखि परिवार नै लिएर शान्त वातावरणमा माछा खान पारखीहरु आउँछन् । माझीकुन पुगेर माछा खाएपछि पुनः डुंगा चढेर वारी अथवा पिचरोडबाट हिडेंर बेगनास तालको बस स्टप जान सकिन्छ ।

माझीकुनाको तल्लो कुनामा टेकबहादुर जलारीले द फिसरम्यान रेष्टुरेन्ट संचालन गरेको दुई वर्ष भएको छ । शुरुमा त्यति नचलेको उनको रेष्टुरमा भने अहिले ग्राहक बढेका छन् । तालको किनारमै टेबल राखेर ठाउँ फराकिलो पारेपछि पाहुनाहरु लामो समय तालको दृश्य अवलोकन गर्दै समय बितेको पत्तै नपाउने उनले बताए । उनका अनुुसार राम्रोसँग माछा तैयार हुन करिब २५ मिनेट जति लाग्छ । यस्तै अर्को रेष्टुरेन्ट ब्लू हेभेन सरिता रेष्टुरेण्ट पनि माछा पारखीहरुले भरिने ठाउँ हो । रेष्टुरेण्ट अनुसार पोलेको माछाको रेट फरक छ । माछाको तौल अनुसार प्रति पिस पोलेको माछा ६०० देखि ९०० रुपैयाँ मुल्य निर्धारण गरिएको छ ।

पोखरा आाउने पर्यटकहरु फेवाताल मात्रै घुम्ने गरेका कारण बेगनास ताल ओझेलमा परेको स्थानीयको गुनासो गरिरहेको अवस्थामा माझीकुनाको पोलेको माछाले समग्र बेगनास क्षेत्रलाई गुलजार बनाएको छ ।

आन्तरिक पर्यटकहरु मात्र होइन बाह्य पर्यटकहरु पनि माझीकुना पुग्ने गरेका छन्, दृष्यावलोकन र माछा परिकारको फरक स्वाद लिन । नेपालीहरु माछा मात्र खान आउने गरे पनि उनीहरु यहाँ बस्न समेत आउँछन् । होटल माथिको छतमा ह्यामक माथि सुतेर किताब पढ्ने र गीत सुनेर बेगनासको दृश्यमा उनीहरु रम्ने गर्छन् । बेगनास ताल र रुपातालको विचमा रहेको सुन्दरी डाँडासम्म हाइकिङ गरेर एकै ठाउँबाट दुई तालको मनमोहक दृश्य देख्न सकिन्छ ।
सुरज हजारे दाहाल

Related News

सम्बन्धित समाचार

  • रोजगार खोज्दै मेलामा

    विजय नेपाल वैशाख १२, २०८१
    पोखरा । पोखरा मालेपाटनकी ४० वर्षीया संगीता केसीले केही नोकरी पाइन्छ कि ? भन्दै मंगलबार एक स्टल सञ्चालकसमक्ष जिज्ञासा राखिन्…
  • कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    चितवन । चितवनमा रहेका २ हात्ती कतारलाई उपहारस्वरुप पठाउने तयारी गरिएको छ । कतारका अमीर (राजा) शेख तमिम बिन हमाद…
  • फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । दिउँसो करिब ३…
  • लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई

    विजय नेपाल वैशाख ११, २०८१
    वाद होइन, परिवर्तन र विकासमा प्रतिस्पर्धा जरुरी गिरधारी सुवेदी अधिवक्ता । २०६२/०६३ को जनआन्दोलन पश्चात् नेपाली नागरिकको पहिलो अपेक्षा रोजगार,…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…

hero news full width