वृद्ध दम्पत्तीको हत्या

आदर्श समाज सम्वाददाता
श्रावण २६, २०७६
94193490-hands-in-handcuffs-sized

पोखरा, २६ साउन । बागलुङ जिल्लाको उत्तरपश्चिम ढोरपाटन नगरपालिका–८ कुहिनेबाटो स्थित बोबाङमा एक दम्पत्तीको हत्या गरिएको छ ।

घरभन्दा केहीपर मकैवारी र धानखेतको बीचमा रहेको गोठमा सुतेका ६१ बर्षीय भुमबहादुर विक र उनकी ६० बर्षीया पत्नी बीमा विकको हत्या भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक झविन्द्र भट्टराईले जानकरी दिए ।

स्थानीयले आइतवार विहान उनको शव गोठ नजिकैको बारीमा र बीमाको शव गोठभित्र नै रगताम्मे अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए । उनीहरुलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ । प्रहरी प्रवक्ता भट्टराईले भने –टोरपाटन र वुर्तिवाङ प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा पुगि शवको मुचुल्का गरेको छ । उनीहरुको शव परीक्षणको लागि वुर्तिवाङ ल्याइदै गरिएको जानकारी भट्टराईले दिए ।

घटनास्थल वुर्तिवाङबाट ६ घण्टाको पैदल यात्रापछि पुगिन्छ । घटनास्थलमा प्रहरी आइतवार मध्यान्न १.०० वजे मात्र उक्त घटनास्थलमा पुगेको थियो । घटनाको प्रकृति हेर्दा बञ्चरो प्रयोग गरेको जस्तो देखिन्छ, दुबै जनाको टाउकोमा गहिरो चोट छ, भट्टराईले भने । मृतक बिकका छोरा बुहारी ढोरपाटन स्थित घरमा बस्दै आएको बताइएको छ ।उनीहरुको हत्या के कारणले गरिएको हो भन्ने बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको जानकारी भट्टराईले दिए ।

त्यस्तै कास्की जिल्ला पोखरा महानगरपालिका –१६ महेन्द्रगुफा निवासी ३६ वर्षीया गोमा परियार आइतवार दिउसो एक्कासी अचेत हुँदा उनको मृत्यु भएको छ । अचेत अवस्थामा रहेकी परियारलाई पोखरा स्थित फिस्टेल अस्पतालमा उपचारका लागि ल्याइएको भएपनि चिकित्सकले मृत घोषणा गरेको थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीले उक्त घटनाको बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको बताए । ुमे पूजा, बड्का अटवारी पर्व, रमजान लगायतमा निश्चित समुदायलाई मात्रै बिदाको व्यवस्था गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width