महिलाको लागि सेनेटरी प्याड तालिम

आदर्श समाज सम्वाददाता
श्रावण २६, २०७६
resized1 (1)

पोखरा, २६ साउन । पोखरा उद्योग वाणिज्य संघ तथा पँखेटा नेपालद्वारा आयोजित एवं बाबा फाउण्डेसन र एक्सपोज नेपालको सहकार्यमा ३ दिने सेनेटरी प्याड बनाउने तालिम सम्पन्न भएको छ ।

महिलाहरुको क्षमता तथा सीप अभिवृद्धिको लागि आयोजित तालिमको महिला उद्यमी तथा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका महिला उद्यमी विकास उपसमितिका संयोजक रामकली खड्काले उद्घाटन गरेकी हुन् ।

सीप र क्षमताले नै महिलाहरुलाई आत्मविश्वासी बनाउने उल्लेख गर्दै उनले सेनेटरी प्याड बनाउने तालिम सामाजिक भावनाले उत्प्रेरित रहेको बताए । महिनावारीका कारण महिलाहरुमा हुने शारीरिक र मानशिक समस्या हटाउन सेनेटरी प्याडले महत्वपूर्ण भूमिका खेल्ने उनले बताइन् । घर वरपर रहेका खेर जाने कपडाबाट प्याड बनाउँदा त्यसले आयआर्जनमा पनि सघाउने उल्लेख गरिन् ।

पोखरा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष विन्दु कोइराला सुवेदीले उद्यमशीलताको लागि तालिमहरुको महत्वबारे ब्याख्या गर्दै यो तलिम महिलाहरुको आवश्यकता पूर्तिको अलावा आत्मनिर्भरतालाई पनि सघाउने बताइन् ।

कार्यक्रममा बोल्दै पोखरा कलेज अफ म्यानेजमेण्टका डा. चैतन्यराज अधिकारीले महिनावारीको बेला महिलाहरुलाई आवश्यक पर्ने सेनेटरी प्याड बनाउने तालिमले आवश्यकताको संवोधनका साथै महिलाहरुलाई आत्मविश्वासी बनाउने बताए ।

पोखरा उद्योग वाणिज्य संघका कार्यबाहक महासचिव चिनु गुरुङले तालीम आयोजनामा सघाउने संघ÷संस्था तथा सहयोगीप्रति धन्यवाद ज्ञापन गर्दै तालीममा सिकेको कुरा व्यवहारमा उतार्न आग्रह गरे । कार्यक्रममा जेसिजका अध्यक्ष सन्तोष शाही, प्रशिक्षक तथा प्याडम्यानको उपनाम पाएका ज्ञान महर्जनलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width