महानगर प्रमुख र उपप्रमुखलाई यात्रा स्मार्ट कार्ड

एजेन्सी
श्रावण २६, २०७६
Smart card_Fotor

पोखरा महानगरपालिकाले भदौ १ गतेदेखि महानगरपालिकाभित्र सञ्चालन हुने सार्वजनिक यातायातका बसहरुमा ई–टिकेटिङ लागू गर्ने भएपछि ओम डेभलपमेन्ट बैंकले पोखरा क्षेत्रमा यात्रा स्मार्ट कार्ड वितरण शुरु गरेको छ।

शनिवार पोखरा महानगरका प्रमुख र उपप्रमुखलाई बैंकले यात्रा स्मार्ट कार्ड वितरण गरेको छ।

पोखरा सिम्पानीस्थित पोखरा नगर बस पार्कमा ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले महानगर प्रमुख मानबहादुर जिसी र महानगरका उप्रपमुख मञ्जुदेवी गुरुङलाई कार्ड हस्तान्तरण गरे। कार्ड हस्तान्तरणपछि प्रमुख जिसी र उपप्रमुख गुरुङले नगर बसमा यात्रा गदै कार्डमार्फत भाडा तिरेका थिए।

उक्त प्रयोजनका लागि आवश्यक यात्रा स्मार्ट कार्ड जारी, वितरण तथा सार्वजनिक सवारीको दैनिक रुपमा हुने आम्दानीको सेटलमेन्टको काम ओम डेभलपमेन्ट बैंकले गर्ने बैकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विश्वमोहन अधिकारीले जानकारी दिए। पहिलो चरणमा पोखराभित्रका स्कूल, कलेज अध्ययन गर्ने विद्यार्थीमाझ वितरण शुरु गरिएको र लगत्तै पोखरा महानगरभित्रका सम्पूर्ण वडाहरु मार्फत सो कार्ड वितरण गरिने बताइएको छ।

प्रथम चरणमा पोखरा महानगरपालिकाभित्र चल्ने करीब ८ सय सवारीसाधनमा टर्मिनल जडान गर्ने र ४ वर्षभित्र ३ लाख स्मार्ट कार्ड वितरण गरी पोखरालाई स्मार्ट सिटीको रुपमा विकसित गर्ने पोखरा महानगरपालिकाको अवधारणा छ।

परियोजना सञ्चालनका लागि पोखरा महानगरपालिका, ओम डेभलपमेन्ट बैंक, एनक्लाउड प्रालि र पोखरा बस व्यवसायी समितिका पदाधिकारीहरुको उपस्थितिमा यसअघि नै सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width