श्रीकृष्ण प्रणामीमा सम्मान समारोह

मन्दिरमात्रै बनाएर हुँदैनः गुरुङ

आदर्श समाज सम्वाददाता
श्रावण २६, २०७६
KP Sir photo 2_Fotor

दानवीर डब्लु ओ टु गमबहादुर गुरुङ र उनकी धर्मपत्नी तिलकुमारी गुरुङलाई अभिनन्दन पत्र प्रदान गर्दै मन्दिरका अध्यक्ष लिलाम्बर सापकोटा तथा प्रमुख वाचक साहित्याचार्य जनार्दन शास्त्रीजी महाराज। तस्वीर : आदर्श समाज

समाजसेवी डब्लुओटु गमबहादुर गुरुङले हरेक मन्दिरमा सत्ज्ञान दिने व्यक्ति र कार्यक्रम हुनुपर्नेमा जोड दिएका छन्।

श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोक, पोखराद्वारा आयोजित सम्मान समारोहमा प्रमुख अतिथिको आशनबाट बोल्दै उनले उक्त कुरामा जोड दिएका हुन्।

‘मन्दिरमात्रै बनाएर हुँदैन, ’ उनले भने, ‘त्यहाँ ज्ञान दिने मान्छे र कार्यक्रम पनि हुनुपर्दछ। ज्ञानले नै हो व्यक्ति र समाज परिवर्तन गर्नै। ’

उनले श्रीकृष्ण प्रणामी रत्नचोकले नियमित प्रवचन कार्यक्रम राखेकोमा सराह्राना गरे। साथै उनले सक्नेले दान गर्नुपर्नै बताउँदै भने, ‘जे सकिन्छ समाजका लागि गर्नै हो। ’

समारोहबीच उनले आमा देउकुमारी गुरुङको स्मृतिमा अक्षयकोष स्थापनाका लागि श्रीकृष्ण प्रणामी रत्नचोकलाई १ लाख ५१ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका थिए।

उद्योगपति वामदेव बस्ताकोटीले धर्म उदय भएर नै समाजसेवामा लागिने बताउँदै भने, ‘भगवान् कृष्णले सबैलाई कर्मयोगी बन्न सन्देश दिनुभएको छ। ’

स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले धर्म र कर्म फरक कुरा भएको उल्लेख गर्दै पूजाआजा गर्नु कर्ममात्र भएको र सेवा भावले काम गर्नु नै धर्म भएको बताए।

समाजसेवी मोती गिरीले धार्मिक संस्थामा कुनै विभेद नगरी सबैलाई समेट्नु पर्नेमा जोड दिए।

धर्मधाम विरौना मन्दिर बाइजुराज एकाइ समिति चितवनकी अध्यक्ष इन्दिरा शाही अधिकारीले मन्दिरमा बाइजुराजले धेरै सहयोग पुर्याउँदै आएको बताइन्।

श्रीकृष्ण प्रणामी मन्दिरका अध्यक्ष लिलाम्बर सापकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष राजन शर्माले स्वागत र सचिव देवीप्रसाद खतिवडाले सञ्चालन गरेका थिए।

मन्दिरमा यही साउन ६ देखि श्रीमद् वीतक तथा कृष्ण कथा प्रवचन भइरहेको छ। श्रीकृष्ण जन्माष्टमीसम्म सञ्चालन हुने उक्त कार्यक्रममा साहित्याचार्य जनार्दन शास्त्रीजी महाराज प्रमुख वाचक रहेका छन्।

दानदाता सम्मानित

श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोकले विभिन्न दानदातालाई शनिबार सम्मान गरेको छ।

यसरी सम्मानित हुनेमा दानवीर डब्लुओटु गमबहादुर गुरुङ, उनकी धर्मपत्नी तीलकुमारी गुरुङ, चिउली पाचे तमु समाजका अध्यक्ष सु. रणबहादुर गुरुङ, सो समाजका महिला उपसमिति कार्यवाहक अध्यक्ष लोककुमारी गुरुङ, समाजसेवी बामदेव बस्ताकोटी र मोती गिरी रहेका छन्।

यसैगरी, आदर्श समाज दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोला र कास्की आवाज दैनिकका प्रधानसम्पादक हुम गुरुङलाई सम्मान गरिएको थियो। मन्दिरका अध्यक्ष लिलाम्बर सापकोटा, प्रमुख वाचक साहित्यचार्य जनार्दन शास्त्रीजी महाराज र उपाध्यक्ष पुरुषोत्तम रेग्मीले सम्मानपत्र, दोसल्ला र माला प्रदान गरेर सम्मान गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width