लायन्स हिमालयनद्वारा मानव आश्रममा सहयोग

आदर्श समाज सम्वाददाता
श्रावण २६, २०७६
himalayan club_Fotor

लायन्स क्लब अफ पोखरा हिमालयनले मानव सेवा आश्रममा खाद्यान्न तथा किचेन सामग्री सहयोग गरेको छ।

प्रमुखदाता क्लबका विजयकुमार रञ्जितको पहलमा क्लबका सदस्यबीच अर्थ र जिन्सी सामान संकलन गरी पोखरा १७, छोरेपाटनस्थित आश्रममा शनिवार हस्तान्तरण गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि जोन चियर पर्सन वेवराज गिरी, आश्रम अभियन्ता राजन सापकोटा, क्लबका जोन चेयरपर्सन विष्णुराज पराजुली लगायतले शुभकामना मन्तव्य दिएका थिए।

क्लब अध्यक्ष देवीप्रसाद गुरुङले सम्पूर्ण सहयोगदातालाई धन्यवाद दिएका थिए।

क्लब सचिव अशोक गुरूङले सञ्चालन गरेको कार्यक्रममा स्वागत लक्ष्मीप्रसाद द्वाले गरेका थिए। सडकपेटीमा रहेका मनोरोगी वृद्धवृद्धालाई स्वस्थ बनाई घरपरिवार र समाजमा पुनःस्र्थापना गर्ने उद्देश्यले २०६९ सालमा हेटौंडामा स्थापना भएको आश्रमको २ वर्ष पोखरामा शाखा विस्तार भएको हो।

सो शाखामा हाल सय जना आश्रित छन्।

Related News

सम्बन्धित समाचार

hero news full width