पोखरा ३० मा दलित समन्वय समिति

आदर्श समाज सम्वाददाता
श्रावण २६, २०७६
dalit _Fotor

पोखरा ३० मा वडास्तरीय दलित भेला सम्पन्न भएको छ।

दलितको हकहित तथा विकास निर्माणमा सहयोग पुर्याउने उद्देश्यसाथ पोखरा वडा ३०, खुँदीमा शनिबार दलित भेला सम्पन्न भएको हो।

अध्यक्षको आसनबाट वडाध्यक्ष श्रीराम पोखरेलले सकारात्मक र संगठित भएर लाग्न आग्रह गर्दै दलित हकहित तथा विकास निर्माणमा जुनसुकै अवस्थामा पनि सहयोग पुर्याउने बताए।

भेलामा उमा परियार, राजु परियार, प्रेम नेपाली लगायतले दलितको हकहित सवालमा विचार राखेका थिए। उक्त भेलाले शहीद परिवार सदस्य समेत रहेका राजु परियारको संयोजकत्वमा १३ सदस्यीय दलित समन्वय समितिको गठन गरेको छ।

समन्वय समिति सहसंयोजक प्रेम नेपाली, सचिव वीरबल सुनार, सहसचिव सीता नेपाली, कोषाध्यक्ष कृष्णकुमारी बिक र सदस्यमा शोभा परियार, शिव परियार, खड्कबहादुर नेपाली, राजन परियार, लोकबहादुर नेपाली, गोपाल विश्वकर्मा, ओमबहादुर नेपाली र वीना सुनार रहेका छन्।

उक्त कार्यक्रममा स्वागत जनप्रतिनिधि सदस्य रमा नेपालीले गरेकी थिइन् भने संचालन वडासचिव दीपक कोइरालाले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width