समर्पण ध्यान योग केन्द्र पोखरामा

आदर्श समाज सम्वाददाता
श्रावण २६, २०७६
IMG_1237 (1)

पोखरा । समर्पण ध्यान योग केन्द्रको शनिबार पोखरा १० रामबजारको दुचीटोलमा उद्घाटन गरिएको छ।

मुस्लिम समाज पोखराका अध्यक्ष हाजी जमाल, क्रिसियन धर्मका बाल शिशु स्याहार केन्द्रका प्रमुख फादर पौल के.सी. एस.जे, ब्रहमकुमारी ईश्वरीय विश्वविद्यालय रामबजार केन्द्रका प्रमुख ब्रहमकुमारी गोमा पौडेल, बौद्ध शिला अध्ययन केन्द्रका प्रमुख डा. खेम्पो सन्तोष गुरुङ , नर्वदेश्वर मोक्ष आश्रमधामका सन्त सचितानन्दले संयुक्त रुपमा दीप प्रज्वलन तथा रिबन काटेर ध्यान योग केन्द्रको विधिवत समुद्घाटन गरेका थिए।

सनातन वैदिक धर्मका पाणिनी आश्रमका पीठाधीसश्वर स्वामी ईश्वरानन्द गिरीले ध्यान योग केन्द्रको विषयमा बोलेका थिए।त्यस्तै समर्पण ध्यान योग केन्द्रका संयोजक तुलसीराम रेग्मीले समर्पण ध्यान केन्द्र स्थापना, यसको महत्व सतगुरु श्री शिवकृपानन्द स्वामीको समर्पण ध्यान संग मानव जीवनको आवश्यकताबारे प्रकाश पारेका थिए।

उनले समपर्ण ध्यान अनुभूतिमा आधारित निशुल्क समधर्म समभावको साथ जाती धर्म लिङ्ग भेद रहित छ र यो ध्यान पूर्णत निशुल्क गराउने बताए। केन्द्रले प्रत्येक दिन विहान ६ बजेदेदि ६.३० बजेसम्म र बेलुका ७ बजेदेखि ७.३० सम्म निशुल्क ध्यान कार्यक्रम सञ्चालन हुने जानकारी दिए।

सो कार्यक्रममा उपस्थित सबैलाई ध्यानको अनुभूति र प्रोजेक्टर मार्फत भिडियो शिविर सञ्चालन गरिएको थियो।काठमाण्डौ ध्यान केन्द्रका सदस्य कृष्णदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको रामु तिमिल्सिनाले स्वागत मन्तव्य , दिननाथ तिमिल्सिनाले व्यवस्थापन र रमेश गुरुङले सञ्चालन गरेका थिए।

सरला त्रिपाठी भण्डारी

Related News

सम्बन्धित समाचार

hero news full width