२७१ घर नदी कटानको उच्च जोखिममा

आदर्श समाज सम्वाददाता
श्रावण २४, २०७६
badhi-640×430

तनहुँ, २४ गते । जिल्लाको दक्षिणीपश्चिमी भेगको प्रमुख व्यापारिक नाका मानिने भिमाद नगरपालिका बजारका २ सय ७१ घर नदी कटानको उच्च जोखिममा परेका छन् ।
बर्षायामको सेतीको बाढीले वर्सेनी कटानगर्ने काम बढेपछि उक्त बजारक्षेत्रका साना–ठूला घरहरु उच्च जोखिममा परेका हुन् ।

सेती नदीकटानका कारण भिमादका सरकारी संरचना स्वास्थ्य केन्द्र उच्च जोखिममा परेको भिमाद नगरपालिका वडा नम्बर –६ का वडाध्यक्ष श्यामसुन्दर जोशीले वताए ।उनी भन्छन् शहरलाई जोगाउने हो भने ९ करोड भन्दा बढीको रिटनिङवाल ललगाउनु अनिवार्य रहेको बताए ।वडाअध्यक्ष जोशीले वडा नम्बर–६ बाट गत आर्थिक वर्षमा तटबन्धकालागि ५ लाख रुपैयाँ बरावरको काम गरिएको जानकारी दिए।

सेतीनदीको किनार छेउछाउका स्थानीय बासिन्दाहरु आकाशमा कालोवादल र अविरलवर्षा हुनासाथ नदीले वगाएर लाने डरका कारण जागा हुनुपर्ने वाध्यता रहेको स्थानीयको गुनासो रहेको छ। सरोकारवाला पक्षले केन्द्रीय गुरुयोजना ल्याउन आवस्यक भएकोमा कुनै निकायाले पनि चासो नदेखाएको आफनो घर कतिखेर सेतीनदीले बगाउने हो भन्ने चिन्ता स्थानीयलाई छ ।

Related News

सम्बन्धित समाचार

hero news full width