इनारमा खसेर महिलाको मृत्यु

रासस
श्रावण २४, २०७६
kuwa_india

चितवन, २४ साउन भरतपुर महानगरपालिका–९ आदर्शचोकमा शुक्रवार बिहान इनारमा खसेर एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार नवलपुरको गैँडाकोट घर भई माइतमा आएकी ४० वर्षीया इन्द्रकला भुसालको इनारमा खसेर मृत्यु भएको हो ।
इनारको ढकनीमा चढी कपडा सुकाउने डोरी मिलाउन खोज्दा ढकनी भाँचिन गई भुसाल इनारमा खसेकी थिइन् । इनारमा खसेकी भुसालको शव शल्य परीक्षणको लागि भरतपुर अस्पताल लगिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width