लेउवा संघ अधिवेशन : सदस्यमा नयाँ अनुहार बढी

आदर्श समाज सम्वाददाता
श्रावण २४, २०७६
lcc_Fotor

लेखनाथ उद्योग बाणिज्य संघको १२ औं अधिवेशनका लागि आवश्यक ८ खुला सदस्य र २ महिला सदस्यका लागि झण्डै २ दर्जन बढीले उम्मेदवार दिने ईच्छा जाहेर गरेका छन्।

खुलातर्फ पुराना अनुहारभन्दा नयाँ व्यवसायी चुनावी मैदानमा आउने ईच्छा जाहेर गरेका छन्। सोसँगै उनीहरु प्रचारप्रसारमा जुटेका छन्। केही व्यवसायी प्यानलको पक्षमा त कोही स्वतन्त्र रुपमै भए पनि चुनावी मैदानमा आउने भएका हुन्।

संघको निर्वाचनका लागि सदस्य पदमा भरत ओझा, शिवप्रसाद भण्डारी, शैलेन्द्रमोहन भट्टराई, धीरजकुमार श्रेष्ठ, रामजी पौडेल, मेनुका श्रेष्ठ, सन्ध्या दाहाल, भीमबहादुर नेपाली काइला, बुद्धिप्रसाद बास्तोला, अशोक बराल, एलपी ढुंगाना, रामबहादुर रानाभाट, दीपकज्योति ढुंगाना, ध्रुवबाबु भट्टराई, जीवन तिवारी, ज्ञानेन्द्र गोल्ड बजगाई, सन्दीप पौडेल, ईन्दिरा रोक्का, खेमराज बराल, पदमराज पौडेल, रमेश आचार्य, महेश्वर आचार्य, रमेश रानाभाट, सुरेन्द्र त्रिपाठी, सूर्य बञ्जरा, राधाकृष्ण अधिकारी र विन्दु बरालले उम्मेदवारी दिने बताएका छन्।

त्यसमध्ये ८ जना पुरानै अनुहार हुन् भने १९ जना नयाँ छन्। त्यस्तै, अझै कति जना पर्ख र हेरको अवस्थामा रहेकाले उम्मेदवारी दिने संख्या बढ्ने अनुमान छ।

चुनावका लागि हालका वरिष्ठ उपाध्यक्ष बलराम ढकाल र महासचिव भरतकुमार अधिकारीले आगामी नेतृत्वको लागि उम्मेदवारी दिने घोषणा यसअघि नै गरिसकेका छन्।

समावेशी र संस्थापन पक्षका रुपमा रहेका ढकाल पक्षले आफ्नो प्यानल नै घोषणा गरिसकेको छ। जसमा छत्रधर आत्रेय वरिष्ठ उपाध्याक्षमा, विनोद श्रेष्ठ प्रथम उपाध्यक्षमा, राजेन्द्र ओझा द्वितीय उपाध्यक्षमा, गोपिचन्द्र बास्तोला महासचिवमा, उपेन्द्रराज सुवेदी राजु उपमहासचिवमा र जानुका पराजुली कोषाध्यक्ष पदमा रहने गरी टिम तयार छ।

उता, संस्थापन पक्षसँगको बेमलबाट विद्रोह गरी अध्यक्षमा उम्मेदवारी दिन लागेका भरतकुमार अधिकारीले आइतवारसम्ममा जुझारु टिम घोषणा गरि चुनावी जित्ने गरी मैदान आउने बताएका छन्। सो समूहमा हालसम्म ऋषिराम जमरकट्टेलले महासचिवमा उम्मेदवारी दिने घोषणा गरिसको छन्। उनी यसअघिको चुनावमा अधिकारीसँगै महासचिवमा पराजित भएका थिए।

संस्थागत सदस्यतर्फ हार्डवयर व्यवसायी सुदीप गुरुङ माईलाले स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरेका छन् भने एक जना एशोसिएट सदस्यतर्फ संस्थापनबाट विक्रम कर्माचार्यको उम्मेदवारी रहने भएको छ।

भदौ २० र २१ मा हुने संघको अधिवेशनमा १ हजार ३ सय १० जना मतदाता (साधारण सदस्य) छन्।

Related News

सम्बन्धित समाचार

    • खोप उपलब्ध गराउन व्यवसायीको माग

      आदर्श समाज सम्वाददाता श्रावण १३, २०७८
      पोखरा । पोखराका उद्योग व्यवसायीले आफूहरुलाई कोरोना खोपको प्राथमिकतामा राख्न माग गरेका छन् । पोखरा उद्योग वाणिज्य संघले प्रदेशका मुख्यमन्त्रीलाई…
    • पोखरामा कुशाकको बुकिङ खुला

      आदर्श समाज सम्वाददाता श्रावण १३, २०७८
      जर्मनी प्रविधिको स्कोडा गाडीको लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता एस.एस.एल. मोटर्स बनेको छ । स्कोडाको लागि नेपालको आधिकारिक वितरक एमएडब्ल्यु…
    • मुक्तिनाथले ल्यायो मासिक व्याजको खाता

      आदर्श समाज सम्वाददाता श्रावण १२, २०७८
      पोखरा । मुक्तिनाथ विकास बैंकले निक्षेपकर्तालाई अत्यन्त लाभदायी र बचत खातामध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने तथा मासिक व्याज आर्जन हुने…
    • अण्डाको मूल्य हालसम्मकै उच्च

      रासस श्रावण ११, २०७८
      चितवन । कोरोना सङ्क्रमणसँगै जारी भएको निषेधाज्ञामा नोक्सान बेहोरेका पोल्ट्री व्यवसायीले राहत महसुस गर्न थालेका छन् । कुखुराजन्य क्षेत्रका सबै…
    • ५७८ निसान म्याग्नाइट बिक्री

      आदर्श समाज सम्वाददाता श्रावण ५, २०७८
      पोखरा । नेपालका लागि निसान र ड्याटसनको आधिकारिक बिक्रेता पायोनियर मोटोपर्कले ५ सय ७८ वटा निसान म्याग्नाइट हस्तान्तरण गरेको छ ।…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads