बेली डान्सर बिनु शाक्य कमलको बेहुली बन्दै

एजेन्सी
श्रावण २३, २०७६
Binu-Shakya-08-1

पोखरा, २३ साउन । पछिल्लो समयकी लोकप्रिय बेली डान्सर बिनु शाक्य बेहुली बनेकी छिन् । बिशेष गरी स्टेजमा आफ्नो बेली डान्सबाट दर्शकको मन जितेकी बिनु भिडियोका लागी मोडल कमल सिंहको बेहुली बनेकी हुन् । उनलाई बेहुली बनाउने काम निर्देशक सोनम पाख्रिनले गरेका हुन् ।

राजेन्द्र डंगोलको स्वर रहेको ‘कान्छि हे कान्छि’ बोलको डान्सिङ गीतमा कमलले बिनुलाई बेहुली बनाएर भित्राएका हुन् । कृष्ण भक्त महर्जनको शब्द, संगीत रहेको गीत हरी शरण सायामीले एरेन्ज गरेका छन् । सुरेन्द्र बसेलले कोरियोग्राफि गरेको उक्त भिडियो उत्सव दाहालले खिचेका हुन् ।

ललितपुरको फर्पिङमा सोमबार भएको सुटिङमा केहि कोरस डान्सरसँगै बेली डान्सर बिनुले गुनियो चोली लगाएरै पनि नृत्य गरेकी छिन् । आफूलाई बेली डान्सरको रुपमा चिन्दै आएका दर्शकका लागी यो भिडियो फरक हुने उनी बताउँछिन् । ‘कतिपय दर्शकले मैले बेली डान्स मात्र गर्छु भन्ने बुझ्नुछन् उनीहरुको लागी यो भिडियो फरक हुनेछ, यसमा कुर्ता सुरुवाल र गुनियो चोली पनि लगाएकी छु’ बिनुले भनिन् ।

यस्तै म्युजीक भिडियोमा पहिलो पटक बिवाहको दृश्य दिएकी बिनु भन्छिन् ‘अहिले सम्मको म्युजीक भिडियोहरुमा बिहे गरेकी थिइन् म्युजीक भिडियोका लागी पनि यो मेरो पहिलो म्युजीक भिडियो हो, नयाँ अनुभव गरेँ ।’यस्तै मोडल कमलले पनि बिवाहको दृश्यमा नयाँ अनुभव भएको बताए ।

साथै उनले डान्सर बिनुको तारिफ पनि गरे । ‘बेली डान्सर भनेर चिनिराखेको बेली भन्दा फरक गीतमा पनि राम्रो नृत्य गर्नुहुदो रहेछ’ कमलले भने । भिडियोका निर्देशक सोनमले गीतको शब्द अनुसार कमल र बिनुको बिहे गराइदिएको बताए । भिडियो यसैसाता भित्र बजारमा आउने निर्देशक सोनमले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन  

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं वार्षिकोत्सव तथा रजत जयन्तिको अवसरमा बिहीबार रक्तदान कार्यक्रम भएको छ । संस्थाले…
  • पशु स्वास्थ्य प्राविधिकलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । पशु स्वास्थ्य तथा पशु सेवा परिषद् ऐन र यसका प्रावधानका बारेमा पशु स्वास्थ्य तथा पशु सेवा क्षेत्रमा काम…
  • शिशुवा सिसाघाट सडक शिलान्यास

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    लेखनाथ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले शिशुवा सिसाघाट सडक अन्तर्गतको शिशुवा–खुदीखोला पुल खण्डको बिहीबार शिलान्यास गरेका छन् । प्रमुख…
  • मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । गण्डकी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले मुख्य न्यायाधिवक्ता नियुक्तिको १५ दिन पछि मात्र वेबसाइटको विवरण अपडेट गरेको छ ।…
  • जिल्ला अस्पतालमा ओपिडी १२ घण्टा

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    नवलपुर । मध्यविन्दु जिल्ला अस्पतालमा बहिरंग सेवा (ओपिडी) १२ घण्टा सञ्चालन भएको छ । अस्पतालमा यसअघि ओपिडी ८ घण्टा सञ्चालन…

hero news full width