पोखरा, २३ साउन । केही समययता भारतीय भिडियाले नेपाली सेलिब्रेटीको बारेमा निकै चासो दिन थालेको छ । गएको तीन दिन अगाडि भारतको सबैभन्दा विश्वसिलो अनलाइन पोर्ट आज तक ले अभिनेता राजेश हमाललाई भारतीय अभिनेता अमिताभ बच्चनसँग तुलना गरेर समाचार प्रकाशन गरेको थियो । उनको फिल्म र बैबाहिक जीवनबारे पनि चर्चा गरिएको थियो । यसले नेपाली सञ्चारमाध्यममा पनि राम्रै स्थान पायो ।
शुक्रबार फेरि आज तक ले नेपाली फिल्मकी सबैभन्दा डिमान्डेड अभिनेत्री साम्राज्ञी आरएल शाहको विषयमा समाचार प्रकाशन गरेको छ । जसमा उनलाई नेपाली फिल्मकी सबैभन्दा महँगी अभिनेत्रीको रुपमा चिनाइएको छ । ड्रीम्स बाट डेब्यू गरेकी शाह आज नेपाली फिल्मकी हाईएस्ट पेड एक्ट्रेस बनेकी छन् । मात्र तीन वर्षमा उनको स्टारडमले निकै ठूलो रुप लिइसकेको छ आज तक का लागि प्रिया शान्डिल्यले लेखेकी छन् ।
फिल्ममा करिअर बनाएकी उनी वास्तविक जिन्दगीमा भने राजघरानाको सदस्य रहेको समाचारमा भनिएको छ । साम्राज्ञीको वंशजका त्रिभुवन वीर बिक्रम शाहलाई नेपालबाट राणा राज्य हटाउने श्रेय दिने गरेको र उनको बंशजका ज्ञानेन्द्र शाह नेपालको राजा भएको पनि जानकारी दिइएको छ । साम्राज्ञीले एक फिल्मका लागि १६ लाख पारिश्रमिक बुझ्ने गरेको पनि खुलाइएको छ । फिल्म रातो टिका निधारमा का लागि उनले १६ लाख बुझेकी थिइन् ।
शाहले आफ्नो पढाईको क्रममा केही समय भारतमा विताएकी थिइन् । नेपाल इन्स्टीट्यूट अफ म्यानेजमेन्ट एन्ड साइन्सबाट उनले ब्याचलर्स इन सोशियोलोजी गरेकी छन्न् समाचारमा उल्लेख छ । तर, आज तक ले डेब्यू फिल्म ड्रिम्सु हिट भए पनि उनको अभिनयको खासै प्रशंसा नभएको भनेर लेखेको छ, जुन सत्य होइन । डेब्यू फिल्ममा उनको अभिनयको सर्वत्र प्रशंसा भएको थियो । समाचारमा उनका ताजा तश्विरहरु पनि राखिएका छन् ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा १४ खोप केन्द्र, आजबाट सबै जिल्लामा लगाइने
बाढीले प्रदेशमा ३ अर्बको क्षति
कास्कीमा सुरू भयाे चुनावकाे तयारी
सक्षम सहकारीको पदस्थापन
हरिप्रसाद स्कुलमा लायन्सको खानेपानी आयोजना
hero news full width
मुख्य समाचार
संसद विघटनविरुद्ध कांग्रेस झनै सशक्त
नेकपाका अध्यक्षद्वयलाई निर्वाचन आयोगले भन्याे : एकता महाधिवेशनअघि कसैले कसैलाई हटाउन सक्दैन
माघ १३, २०७७काेराेनाविरुद्धकाे खाेपका लागि देशभर ६२ अस्पतालमा १ सय २० खोप केन्द्र
माघ १३, २०७७सिनेमा संवाद @ घान्द्रुक
माघ १३, २०७७सातै प्रदेशमा पुग्यो कोरोनाको खोप, पहिलो डोज भोलि
माघ १३, २०७७नरोऊ मायालु…
माघ १३, २०७७