वरुणले ३३ करोड पुर्याए पारिश्रमिक

एजेन्सी
श्रावण २३, २०७६
Varun Dhawan

काठमाण्डौ, २३ साउन । वरुण धवन बलिउडका सफल अभिनेता मध्येका एक हुन् । उनको यस वर्ष प्रदर्शनमा आएको फिल्म कलंक बक्सअफिसमा नराम्रोसँग पिटिएको थियो, तर वरुणको चार्म र स्टारडममा कुनै कमी आएको छैन ।

उनको अर्को वर्ष ‘स्ट्रीट डान्सर थ्रीडी’ रिलिज हुँदैछ ।यसमा उनी अभिनेत्री द्वय श्रद्धा कपूर र नोरा फतेहीसँग देखिनेछन् ।प्राप्त जानकारी अनुसार, यो फिल्मका लागि उनले करोडौंमा पारिश्रमिक बुझेको छन् । सूत्रको भनाई उद्धित गर्दै ‘आज तक’ ले वरुणले ‘स्ट्रीट डान्सर थ्रीडी’ मा ३३ करोड पारिश्रमिक पाएको बताएको छ । उनको पपुलारिटी र फिल्मको सेटेलाइट बिजनेसलाई ध्यानमा राख्दै निर्माताले उक्त रकम दिन तयार भएका हुन् ।

वरुणको फिल्म टिभीमा निकै रुचाइने गरेको छ र निर्माताले पनि त्यसबाट गजबकै फाइदा उठाइरहेका छन् । मेकर्सले ठूलो रकममा ‘स्ट्रीट डान्सर थ्रीडी’ को सेटेलाइट राइट्स लीडिङ च्यानल्सलाई बेच्ने फैसला लिएका छन् । निर्माताले फिल्मको सेटेलाइट राइट्स १० देखि ११ करोडमा बिक्री गरिसकेका छन् ।

‘स्ट्रीट डान्सर थ्रीडी’ लाई रेमो डिसूजाले निर्देशन गरेका हुन् । हाल पोस्ट प्रोडक्सनको काम भइरहेको यो फिल्म २४ जनवरी २०२० मा रिलिज हुँदैछ । भूषण कुमारले निर्माण गरेको फिल्ममा प्रभु देवा, राघव जुयाल, धर्मेश येलाण्डे, शक्ति मोहनको पनि अभिनय छ । यो अहिलेसम्मकै सबैभन्दा ठूलो डान्स फिल्म हुने बताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width