धादिङ, २३ साउन । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनीबेँसी नगरपालिका वडा नं ६ खयरघारीमा गए राति भएको दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको छ ।
काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको लु१ख ४९६६ नंको ट्रकले पैदलयात्री भारतीय नागरिक पश्चिम चम्पारनका ४० वर्षीय सत्यनारायण दासलाई ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक भोलामानसिंह अधिकारीले जानकारी दिए ।
दुर्घटनापछि घाइते भएका दासको धार्केस्थित शिवदर्शन अस्पतालमामा उपचारपछि थप उपचारका लागि नेशनल अस्पताल कलङ्की काठमाडौँमा लगिएकोमा उपचारकै क्रममा विहीवार बिहान मृत्यु भएको थियो । दुर्घटना गराउने सवारीसाधन र सवारी चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
Related News
सम्बन्धित समाचार
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु
चट्याङ लागेर पर्वतमा दुई जनाको मृत्यु
फेवामा बाेटिङ गर्दागर्दै हावाहुरीले दुर्घटना, सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
hero news full width
मुख्य समाचार
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१