लमजुङमा विद्यार्थी गुनासो सुनुवाई हुने

आदर्श समाज सम्वाददाता
श्रावण २३, २०७६
Bini & Didi

लमजुङ, २३ साउन । लमजुङका विद्यालयहरुमा विद्यार्थीको गुनासो सुनुवाई हुने भएको छ । ड्रप आउटको संख्या घटाउन, सिकाई वातावरण सहज र भयरहित बनाई सिकाई उपलब्धिपूर्ण बनाउने उद्देश्यले विद्यार्थीको गुनासो सुनुवाई हुने भएको हो ।

बेँसीशहरमा सञ्चालन गरिएको तीन दिने विद्यालयका गुनासो सुनुवाई कार्यविधि कार्यन्वयन सम्वन्धी कार्यशालामा त्यस्तो जानकारी दिइएको हो । भि.एस.ओ. र ग्लोवल एक्सान नेपालको साझेदारीमा सञ्चालित ‘बहिनी शिक्षाका लागि दिदी परियोजना’को आयोजनामा उक्त कार्यशालाको आयोजना गरेको हो । विद्यालयका विद्यार्थीबाट आएका गुनासोलाई उचित रूपमा सम्बोधन गर्न र सिकाईका लागि भयरहित वातावरण सिर्जना गर्ने उद्देश्य प्राप्तिका गर्न सम्बन्धित अगुवा शिक्षकहरू, केही जनप्रतिनिधि र पालिकाका शिक्षा शाखाका प्रमुखलाई कार्यशालामा सहभागी गराइएको थियो ।

शिक्षा विभागद्वारा जारी गुनासो सुनुवाई कार्यविधि– २०७४ लाई अधार मानेर कार्यशालाको आयोजना गरिएको भि.एस.ओ. परियोजना प्रवन्धक सुजात श्रणनेटाले बताए । उनका अनुसार विद्यालयको सिकाई वातावरणलाई सहज बनाउने, बालबालिकालाई भयरहित सिकाई प्रदान गर्ने र बालमैत्री वातावरणका लागि आवश्यक पर्ने कुराहरू बालबालिकाको अधिकार, संरक्षणको अधिकार सहित ड्रप आउटको संख्या न्यूनीकरण गर्नका लागि कार्यशाला गरिएको हो ।

यसैगरी, भि.एस.ओ.का बाल संरक्षण संयोजक जेतुमाया डङ्गोलले समेत कार्यशालामा सहजीकरण गरेकी थिइन् । उनका अनुसार बाल सहभागिताको अवधारणालाई सहयोग गर्न विद्यालयमा बालमैत्री वातावरण सिर्जना गर्न, मानवीय स्रोत साधन र विकासका स्रोत केन्द्रहरूको उपयोग गरी गुनासो सुनुवाई कार्यविधि– २०७४ अनुसार बैनी शिक्षाका लागि दिदी कार्यक्रम कार्यान्वयनका लागि कार्यशालाको गरेको हो । यस कार्यशाखाले विद्यालयमा देखिने कहाली लाग्दो ड्रप आउटको संख्या घटाउन मद्दत पुग्ने विश्वास गरेका छौं उनले भनिन् । उनका अनुसार यो कार्यक्रम जिल्लाका सबै विद्यालयमा लागु हुनुपर्छ भन्ने उद्देश्यले हामीले पालिकाका जनप्रतिनिधिहरू र पालिकाको शिक्षा शाखाका प्रमुखहरूलाई पनि यसमा सहभागी गराएका छौं ।

कार्यशालाको समापन कार्यक्रममा जन कल्याण मावि चितिका शिक्षक सोनी रेग्मीले कार्यशालामा सैद्धान्तिक भन्दा पनि प्रयोगात्मक कक्षा निकै प्रभावकारी रह्यो । विद्यार्थीका गुनासा के कसरी सुन्ने र तिनको समाधान के कसरी गर्न, विद्यालयस्तरबाट त्यो सम्भव नभएका के कसरी कहाँ समन्वय गरी समाधान गर्ने भन्ने सिक्ने मौका मिलेको बताए । त्यस्तै, दोर्दी गाउँ कार्यपालिका सदस्य रमादेवी कुवँरले शिक्षा सम्बन्धी आवश्यक ज्ञान विद्यालयमा गुनासो सुनुवाई सम्बन्धी आवश्यकताको बोध भयो, हाम्रो पालिकाको तीन वटामा मात्र यो कार्यक्रम लागू छ आउँदा दिनमा सबै विद्यालयमा कार्यक्रम गरिदिन आग्रह गर्दै पालिकाबाट सहकार्यका लागि पहल गर्ने बताए । उनले यस्तो कार्यशालामा नीति निर्माण तहमा रहनु भएका पुरुषहरूलाई पनि सहभागी गराउनु पर्ने सुझाव दिइन् ।

कार्यक्रममा क्व्होलासोथर शिक्षा शाखा प्रमुख दीपक पौडेलले हामीले विद्यालयमा विद्यार्थीका गुनासा सुन्ने बानी तथा परिपाटी नभएका कारणले नै ड्रप आउटको संख्या बढेको हो भन्ने यो कार्यक्रमबाट आफूले सिकेको बताए । उनले ड्रप आउटको संख्या घटाउन गुनासो सुन्ने परिपाटीको विकास गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उक्त कार्यशालामा २५ जना महिला सहित ३८ जनाको सहभागिता रहेको थियो ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width