काठमाण्डौमा आगलागीपछि पोखरामा क्लियर टिभी अवरुद्ध

इन्टरनेटमा पनि समस्या

Suraj Hazare Dahal
श्रावण २२, २०७६
tve

राजधानी काठमाण्डौमा रहेको इन्टरनेट तथा डिजिटल केबल टिभी सेवा प्रादायक कम्पनी सुविसुको मुख्य कार्यालयमा आगलागी भएपछि पोखरामा क्लियर टिभीको प्रसारण अवरुद्ध भएको छ । सुविसुको इन्टरनेट र क्लियर टिभीको संकेतलाई काठमाण्डौबाट अप्टिकल फाइबरले तानेर पोखरा उपत्यकामा पोखरा इन्टरनेट तथा अर्मला केबल टिभीले   एउटै तारबाट प्रसारण गर्दै आएका छन् । पोखरा भरि हाल क्लियर टिभी पूर्ण अवरुद्ध भएको छ भने इन्टरनेट भने कुनै ग्राहकको चल्ने त कसैकोमा नचल्ने समस्या देखिएको पोखरा स्थित कार्यालयले बताएको छ । बालुवाटार स्थित मुख्य कार्यालयको जेनेरेटर कक्षमा रहेको डिजल भण्डारबाट दिउँसो १२ बजेदेखि लागेको आगलागी शुरु भएको थियो । नेपाल प्रहरी,सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयको सहयोगमा आगोलाइ दिउँसो १ः३० मा नियन्त्रणमा लिइएको थियो । काठमाण्डौ स्थित सुबिसुको कल सेन्टरमा सम्पर्क राख्दा सेवा शुरु हुन कति समय लाग्छ भनेर भन्न नसकिए पनि सम्पूर्ण प्राविधिक टिम अवरुद्ध सेवा खुलाउन लागिपरेको जानकारी प्राप्त भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width