पोखरा, २२ साउन । नेपाली काँग्रेस सह–महामन्त्री प्रकाशशरण महतले केपी नेतृत्व सकारले समृद्धि दिन नसकेको आरोप लगाएका छन् । झूटो आश्वाशन दिन सिपालु तर काम केही नगर्दा आम नागरिकको निर्वाचन सम्पन्न भएको दुई वर्ष नपुग्दै वर्तमान सरकारको विकल्प खोजिरहेको बताए ।
नेपाली काँग्रेस कास्कीद्वारा बुधवार पोखरामा आयोजित पार्टीको आगामी शिक्षा नीति कस्तो बनाउने भन्ने विषयक कार्यक्रममा बोल्दै उनले सरकार झूटा भाषण र नौटङ्की चरित्र जनतामा देखाउदै हिडेको छ । सरकारका मन्त्री भ्रष्टाचारीको संरक्षण र आफू नजिकका व्यक्तिलाई ठेक्कापट्टा दिदै करोडौ कमिशन खान गरेको आरोप उनको छ ।
उनले काँग्रेसको शिक्षा नीति अन्तर्राष्ट्रियस्तरसँग प्रतिस्पर्धा गर्ने खालको रहेको बताउदै अहिलेको युगको शिक्षा व्यावसायिक शिक्षा नै आवश्यक भएको बताए । नेता महतले शिक्षा र स्वास्थ्यलाई राज्यले निःशुल्क प्रदान गर्न सकेमात्रै विश्वबजारसँग नेपाली युवा प्रतिस्पर्धा गर्न सक्ने बताए । वर्तमान शिक्षा प्रणाली व्यवहारिक नहुँदा विश्व बजारमा नेपाली श्रमको मूल्यांकन हुन नसकेको उनको भनाई थियो ।
काँग्रेस पार्टीभित्र आफू ठूलो हुने प्रवृतिले नेता तथा कार्यकर्तामा वितृष्णा आएको स्वीकार गर्दै उनले व्यक्तिभन्दा पार्टी ठूलो हो, भन्ने सोचका साथ अगाडि बढ्न आग्रह गरे ।
पूर्वमन्त्री सुरेन्द्र चौधरीले निर्वाचनको समयमा कास्की, पर्सा र चितवनमा पार्टीभित्रै ठूलो अन्तरघात हुने गरेको बताए ।
पार्टीमा असमझदारीहरु हुन्छन्, त्यो पार्टीभित्र छलफल हुनप¥यो बाहिर देखिने खालको असन्तुष्टिले न पार्टीलाई न त व्यक्तिलाई नै फाइदा पुग्छ, उनले भने –लोकतान्त्रिक समाजवादमा पुग्ने माध्यम नै शिक्षा भएको हुदाँ शिक्षामा सबैको पहुँच हुनुपर्छ । सामुदायिक शिक्षाको गुणस्तर बढाउन सकेमात्रै शिक्षा सबैका लासग सहज हुने नेता चौधरीको भनाई छ ।
शिक्षाविद् विद्यानाथ कोइरालाले राजनीतिक रुपमा नभई दलीय करणले शिक्षा क्षेत्र बिग्रिएकोे बताए । शिक्षा भनेको दलको पछि लाग्ने नभै नीति निर्माणका लागि राजनीतिकले लबिङ चाहिन्छ तर त्यसलाई राजनीतिकरण भन्न मिल्दैन । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको सभापतित्वमा भएको कार्यक्रममा काँग्रेस नेता शुक्रराज शर्मा लगायतले आफ्ना भनाई राखेका थिए ।
Related News
सम्बन्धित समाचार
कास्कीमा सुरू भयाे चुनावकाे तयारी
संसद विघटनविरुद्ध कांग्रेस झनै सशक्त
नेकपाका अध्यक्षद्वयलाई निर्वाचन आयोगले भन्याे : एकता महाधिवेशनअघि कसैले कसैलाई हटाउन सक्दैन
नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
प्रतिनिधिसभा विघटन संविधानसम्मत कि गैरसंवैधानिक ?
hero news full width
मुख्य समाचार
गण्डकीमा १४ खोप केन्द्र, आजबाट सबै जिल्लामा लगाइने
बाढीले प्रदेशमा ३ अर्बको क्षति
माघ १४, २०७७काेराेनाविरुद्धकाे खाेपका लागि देशभर ६२ अस्पतालमा १ सय २० खोप केन्द्र
माघ १३, २०७७सिनेमा संवाद @ घान्द्रुक
माघ १३, २०७७सातै प्रदेशमा पुग्यो कोरोनाको खोप, पहिलो डोज भोलि
माघ १३, २०७७नरोऊ मायालु…
माघ १३, २०७७