मेडसिटी र लेखनाथ सिटी बीच सम्झौता

आदर्श समाज सम्वाददाता
श्रावण २२, २०७६
contract photo

पोखरा २२, साउन । अन्र्तराष्ट्रिय स्तरको नेपाल मेडसिटी हस्पिटल र पोखरा–२६ बुढीबजार चोक स्थित लेखनाथ सिटी हस्पिटलबीच सम्झौता भएको छ । सम्भौतामा नेपाल मेडसिटी हस्पिटलका तर्फबाट महाप्रबन्धक बिजय रिमाल र लेखनाथ सिटी हस्पिटलका तर्फबाट हस्पिटलका निर्देशक सुजन रानाभाटले हस्ताक्षर गरेका हुन् ।

पोखरा आसपासका बिरामीहरुलाई अझै उत्कृष्ट सेवा तथा सुबिधा प्रदान गर्नको लागि नेपालकै ठुलो र उत्कृष्ठ हस्पिटलसँग समन्वय गरेको निर्देशक उदीपराज ढुंगानाले बताए । सम्झौता अनुसार लेखनाथ सिटी हस्पिटलले ७५० शैया सहित सम्पुर्ण स्वास्थ्य सेवाहरु उपलब्ध गराउदै आएको मेडसिटी हस्पिटलको प्राबिधिक तथा अन्य सम्पुर्ण सहयोग प्राप्त गर्नेछ । साथै हरेक महिना नेपाल मेडसिटीका सुपर स्पेशलिस्ट डाक्टरहरुले लेखनाथ सिटी हस्पिटलमा आएर बिरामीहरु चेकजाँच गर्नेछन् ।

बिभिन्न क्याम्पहरुमा पनि मेडसिटी हस्पिटलका डाक्टर, प्राबिधिक र अन्य आबश्यक टिमले लेखनाथ सिटी हस्पिटलमै आएर बिरामीहरुको सेवा गर्नेछन् । अत्यन्तै जटिल मानिने हिप तथा घुँडाको अपरेशनहरुपनि लेखनाथ सिटी हस्पिटलमा अब सम्भब हुने भएको छ । लेखनाथ सिटी हस्पिटलका निर्देशक संजय कार्कीले भने, मेडसिटी हस्पिटलको समन्वयमा लेखनाथ सिटी हस्पिटलबाट हेलिकप्टर रेस्क्युको समेत ब्यबस्था गरिएको छ यो ब्यबस्थाले गण्डकी क्षेत्रका बिरामीहरुलाई प्रत्यक्ष लाभ मिल्ने छ ।

नेपाल मेडसिटी हस्पिटलका महाप्रबन्धक बिजय रिमालले पोखरा र आसपासका क्षेत्रहरुमा सेवा दिने उद्देश्यले युवा ब्यबसायीहरु्द्धारा संचालित लेखनाथ सिटी हस्पिटल पार्टनर हस्पिटलको रुपमा नेपाल मेडसिटी हस्पिटलसँग सहकार्य गर्दा गण्डकी प्रदेशका बिरामीहरुलाई स्वास्थ्य सेवामा अझ पहुँच बढ्ने बिश्वास ब्यक्त गरे । अब बिरामीले नेपाल मेडसिटी हस्पिटलमा डाक्टरको टिकट तथा अन्य सुबिधाका लागि सिधै लेखनाथ सिटी हस्पिटलबाट नै बुकिङ गर्ने सक्नेछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width