प्रचण्ड अभिव्यक्ति प्रति आपत्ति

आदर्श समाज सम्वाददाता
श्रावण २२, २०७६
rajabadhi aaa

बुटवल,२२ साउन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुन दरबारबाट निकाल्ने चेतावनी दिएको घटनाप्रति गोरक्ष राष्ट्रिय जागरण अभियान नेपाल,नागरिक संघर्ष समाज रुपन्देही लगायतका राजावादी संघ संस्थाहरुले आपत्ति जनाएका छन् ।

गोरक्ष राष्ट्रिय जागरण अभियान नेपाल,नागरिक संघर्ष समाज रुपन्देहीले बुधबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै गोरक्ष राष्ट्रिय जागरण अभियान नेपालका राजनीतिक संयोजक रुपसिंह थापाले प्रचण्डको अभिव्यक्ति आतंकित मानसिकताको उपजको संज्ञा दिदै सो अभिव्यक्ति घोर आपत्तिजनक र खेदयोग्य भएको बताए ।

राजनीतिक दलहरुको निर्णय स्वीकार गरेर नागार्जुन दरबारमा बसेका पूर्व राजा ज्ञानेन्द्रलाई दरबारबाटै जनताले लखेट्ने अभिव्यक्ति दिनु दुखद भएको भन्दै उनले प्रचण्डलाई सच्चिन सुझाव समेत दिए ।कार्यक्रममा नागरिक संघर्ष समिति रुपन्देहीका संयोजक वजिर थापाले ज्ञानेन्द्रलाई जनताले नागार्जुन दरबारबाट लखेट्ने नभएर प्रचण्डलाई आफ्नै कार्यकर्ताले लखेट्ने दिन आउने चेतावनी दिए ।

आफ्नै पूर्व कार्यकर्ता पदम कुँवरले गालामा थप्पड हानेको र पूर्व लडाकु लेनिन बिष्टले अन्तराष्ट्रिय अदालतमा मुद्दा हालेको स्मरण गराउदै उनले दरबारमा चुपचाप बसेका पूर्व राजा ज्ञानेन्द्रबिरुद्ध जथाभावि अभिव्यक्ति नदिन चेतावनी दिए ।गोरक्ष राष्ट्रिय जागरण अभियान नेपालका राजनीतिक संयोजक रुपसिंह थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन नागरिक संघर्ष समितिका सह संयोजक प्रदिप सेरचनको सञ्चालनमा सम्पन्न भएको थियो ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads