अभिलेख नराख्ने महतो पक्राउ

आदर्श समाज सम्वाददाता
श्रावण २२, २०७६
1562768011kaski_police

पोखरा, २२ साउन । होटलमा वासबस्न आउने ग्राहकको अभिलेख नराखेको आरोपमा पोखरा–८ पृथ्वीचोक स्थित होटल कोशी एण्ड रितिका रेष्टुरेण्टकी संचालिका ममतादेवी महतोलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

उनकै होटलमा जेठ ३० गते वास बसेका तीन भारतीयले असार १ गते पोखरा–१० रामबजार निवासी २७ बर्षीया लक्ष्मी परियारको हत्या गरेको अभियोगमा जिल्ला अदालत कास्कीमा मुद्दा चलेको छ । हत्यामा लक्ष्मीका पति समेत सम्लग्न भएका थिए ।

उक्त होटलकी संचालिका महतोलाई होटल व्यवसाय तथा मदिरा बिक्री वितरण नियन्त्रण ऐन २०३३ को दफा ५ को उपदफा १ (क) विपरित कसुर अपराध गरेको आरोपमा उनलाई पक्राउ गरी कानूनी कारवाहीका लागि पोखरा स्थित आन्तरिक राजस्व कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिए । महतोलाई मंगलवार (साउन २१) गते पक्राउ गरिएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width