विद्यालयलाई टंकी सहयोग

आदर्श समाज सम्वाददाता
श्रावण २२, २०७६
Tanki

स्याङ्जा, २२ साउन । पुतलीबजार नगरपालिका–३ स्थित लुम्बिनी विकास बैंक स्याङ्जा शाखाले सोही वडाको कुमालगाउँमा रहेको एक सामुदायिक विद्यालयलाई खानेपानी संकलन टंकी सहयोग गरेको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत काजिमान हरिटीका माध्यमिक विद्यालयलाई खानेपानी टंकी उपलब्ध गराएकोे हो । बैंकका अध्यक्ष सुशीलराज पराजुलीले विद्यालयका प्रधानाध्यापक ओमप्रकश शर्मालाई बुधवार १ हजार ५ सय लीटर क्षमताको खानेपानी टंकी हस्तान्तरण गरेका हुन । हस्तान्तर गर्दै अध्यक्ष पराजुलीले सदरमुकाममा रहेर पनि ओझेलमा परेकोे यस विद्यालयका शैक्षिक सुधारका लागि बैंकले आगामी दिनमा पनि सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाए ।

कार्यक्रममा प्रधानाध्यापक ओमप्रकाश शर्माले टंकी उपलब्धतासंगै यहाँ अध्ययरत विद्यार्थीलाई स्वच्छ खानेपानीको सहजै आपूर्ति भएको बताए । कुमालगाउँमा अवस्थित सो विद्यालयमा विपन्न परिवारका कुमाल जातीका बालबालिका अध्ययरत छन । कार्यक्रममा शाखा प्रवन्धक टंकप्रसाद ढकाल विद्यालयका शैक्षिक पूर्वाधार निर्माणका लागि यस्ता खाले रचनात्मक अन्य सहयोग पनि जारी रहने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width