फिफा विश्वकपको दोस्रो चरणको छनोटमा रहेको नेपाली फुटबल टोलीका ३१ खेलाडी छनोटमा परेका छन्। प्रशिक्षक योहान कालिनले पहिलो चरणमा ३६ खेलाडी प्रशिक्षणमा बोलाएकोमा ५ खेलाडीलाई हटाएका छन्।
जसमा कमल श्रेष्ठ, नितिन थापा, सेसेहाङ आमदाङगोइ, अमित तामाङ र मिक्चेन तामाङ छन्। कमल श्रेष्ठ बाहेक अरु चार खेलाडीलाई आसन्न दक्षिण एशियाली खेलकुद सागको तयारीमा रहेको यू–२३ टिममा राखिने भएको छ।
विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ। नेपालको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपे रहेका छन्। दोस्रो चरणको छनोट खेल आगामी भदौ १९ गतेदेखि शुरु हुनेछ।
नेपालले आफ्नो पहिलो खेल कुवेतसँग खेल्नेछ। नेपालले भदौ १९ गते कुवेतसँग घरेलु मैदानमा खेल्ने तय भएको थियो। यद्यपि दशरथ रंगशालाको पुनःनिर्माण कार्य नसकिँदा कुवेतमा नै गएर खेल्ने पक्का भएको हो। नेपालले कुवेतसँग होम एण्ड अवे दुवै खेल कुवेतमा नै खेल्नेछ।
नेपालले सेप्टेम्बर १० मा चाइनिज ताइपेई र अक्टोबर १५ मा जोर्डनसँग घरेलु मैदानमा खेल्ने तालिका थियो। तर, अब उक्त दुवै खेल नेपालले पहिले उसैको मैदानमा खेल्नेछ।
चाइनीज ताइपेईसँग तय भएको सन् २०२० को मार्च २६ को अवे र जोर्डनसँग सन् २०२० को जुन ४ मा तय भएको अवे खेल नेपालमा हुनेछ। त्यसबाहेक नेपालले अष्ट्रेलियासँग अक्टोबर १० मा अवे खेल खेल्नेछ। यस्तै, नेपालले अष्ट्रेलियासँग २०२० को मार्च ३१ मा घरेलु मैदानमा खेल्नेछ। दोस्रो चरणको छनोटमा गोलरक्षक किरणकुमार लिम्बु, एलन न्यौपाने, विकेश कुथु र विशाल श्रेष्ठ छन्। डिफेन्डरमा विराज महर्जन, सरोज दाहाल, रन्जित धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ, रवि सिलवाल, दिनेश राजवंशी, बिमल पाण्डे छन्।
त्यस्तै, मिडफिल्डरमा सुनिल बल, रवि पासवान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, त्रिदेव गुरुङ, हेमन गुरुङ सुभाष गुरुङ छन्। त्यस्तै, स्ट्राइकरमा विमल घर्तीमगर, विमल राना, नवयुग श्रेष्ठ, अभिषेक रिजाल, अन्जन विष्ट र भरत खवास छन्।
Related News
सम्बन्धित समाचार
सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयी
पाेखरामा राष्ट्रिय फुटबल टोलीको अभ्यास सुरु
फुटबलको राष्ट्रिय टिम पोखरामा
गण्डकी प्रदेश प्रधानमन्त्री कप क्रिकेटबाट बाहिरियो
क्यासल फुटसल कप हुने
hero news full width
मुख्य समाचार
गण्डकीमा आयो कोरोना खोप
नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
माघ ११, २०७७फेदीखाेलामा गुरुङ भाषाका आदिकविकाे सालिक अनावरण
माघ ११, २०७७गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने
माघ ११, २०७७गाउँमै रोजगारी : परिवारमा खुशीयाली
माघ ११, २०७७विकास खर्च तीन वर्षयताकै कम
माघ ११, २०७७